Trending
- मेयर हर्क साम्पाङ्गको तस्विर सगरमाथाको चुचुरोमा
- माङ्पा/नछुङहरुको सुनसरी मोरङ र झापाका छुट्टाछुटै तदर्थ समिती गठन
- किरात राई चाम्लिङ खाम्बातिम बेलायतको आयोजनामा वेलायतमा रहेका नेपालीहरुले धुमधामका साथ साकेला उभौली चाड मनाए
- पवन बान्तावा राईको “तिम्रो जस्तै मन मेरो” सार्वजनिक
- इन्टेक १९९९ का ब्याजी गोर्खालीहरुले २५ सौं रजत जयन्ती भब्य रुपमा मनाए
- “जिन्दगीको यो मोडमा” बोलको म्युजिक भिडियो सार्वजनिक
- “बबाल गर्नुपर्छ” बोलको म्युजिक भिडियो सार्वजनिक
- नेपालीहरुको उत्कृष्ट प्रस्तुति सहित रोचेस्टर स्विप्स फेस्टिभल २०२४ सम्पन्न
- राईजिङ्ग स्टारको विजेता जुनियर तर्फ नियासा प्रधानाङ्ग र सिनियर तर्फ समिका भट्टराई
- बबिना किरातीको “आकाशैमा चिल हो कि बेसारा ” सार्वजनिक
Browsing Category
ब्यानर न्युज
कला राई र मेनुका राईकोहातबाट कबिता बिकलाई आर्थिक सहयोग हस्तान्तरण
काठमाडौ - गायिका कला राईको हातबाट मिर्गौला पिडित कबिता बिकलाई आर्थिक सहयोग प्रदान गरिएको छ । मनकामना ग्रुपका बिजय लामाको सयोजकमा संकलन भएको रकम सखुवासभा जिल्लाको सभापोखरी गाउपालिका वाड ६ निबासी २१ बर्षको कबिता बिकलाई आर्थिक सहयोग गरिएको हो ।
मिर्गौला रोगबाट पिडित कबिता बिकलाई कुबेतमा रहेका सहयोगी नेपालीहरुबाट संकलन भएको ४७ हजार ६ सय २५ रुपैया आर्थिक सहयोग गायिका कला राई र गायिका मेनुका राई मार्फत पिडितलाई हस्तान्तरण गरिएको हो ।
मिर्गौलाबाट पिडित कबिता बिक हाल काठमाण्डौमा बसेर उपचार गराईरहेका छन् । उनीलाई उपचारमा आर्थिक…
विशाक्त रक्सि पिएर ६ जना नेपालीको ज्यान गयो अन्य १६ जना अस्पतालमा भर्ना
मलेशिया - मलेसियाको सेलाङ्गर राज्यको सुंगाई बुलोमा विशाक्त रक्सि पिएर ६ जना नेपालीको ज्यान गएको छ भने अन्य १६ जना अस्पतालमा भर्ना भएका छन् ।
ज्यान गुमाउनेहरुमा भिम बहादुर घले बसेरी ३ धादिङ्ग, राम कुमार यादव मसिना ६ रुपन्देही, विशाल बुढाथोकी अमर गढि ५ डडेल्धुरा,संजय उराव पश्चिम कुशाहा ९ सुनसरी,बलबहादुर कुलुङ्ग शिद्धिथुम्का ९ ईलाम र आइत शिंह ठेगाना नखुलेको रहेको जनाईएको छ ।
त्यस्तै बिरामीहुनेहरुमा, लुङ्गानाथ मगर शिद्धकाली ४ संखुवासभा (डिस्चार्ज भएको) जितबाहादुर माझि रानीचुर ५ सिन्धुली, प्रविन थारु मैना पोखरी ३ बर्दिया…
अन्योलमा प्रज्ञा–प्रतिष्ठान
काठमाडौँ, २ असोज- नेपालका भाषा, साहित्य तथा संगीत कलाका क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्ने प्रतिष्ठानहरु यतिबेला अन्योलग्रस्त छन् । नेपालका तीनै प्राज्ञिक निकायहरु यही भाद्र १९ गतेदेखि प्राज्ञ परिषद् विहीन बनेका हुन् । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय मातहत रहने ती निकायहरु नेतृत्व विहीन अवस्थामा पुगेका हुन् । प्राज्ञिक संस्थाहरुमा नेतृत्वको अभावमा कुनै पनि प्राज्ञिक क्रियाकलाप बन्द हुने अवस्थाको सिर्जना हुने एक निवर्तमान प्राज्ञ सभा सदस्यले बताए । ‘प्राज्ञिक गतिविधि गर्न प्राज्ञ परिषद् र प्राज्ञ…
मिस मंगोल नेपाल २०१८ को उपाधी जाङमु ईन शेर्पाले जितिन्
इन्द्र जिजीबिषा / काठमाडौं - मिस मंगोल नेपाल २०१८ को उपाधी जाङमु ईन शेर्पाले जितेकी छन् । अन्तिम १६ प्रतिस्पर्धिहरुलाई पछि पार्दै शेर्पाले मिस मंगोल नेपालको ताज पहिरिएकी हुन् ।
फाइनल राउण्डमा "तपाई व्यवस्थापिक संसदमा बोल्ने अवसर पाउनु भएमा मुलुकको बारेमा के प्रसंग उठाउनु हुन्छ ? भन्ने निर्णायकले सोधेको प्रश्नको जवाफमा शेर्पाले ‘गुणस्तरीय शिक्षाको माध्यमबाट मुलुकको समृद्धीको क्षेत्रमा अघि बढाउनुपर्ने, युवा स्वरोजगार, बढ्दो भ्रष्टाचार, कुरिती, विकृती हटाउन मार्ग प्रशस्त गर्दै आर्थिक विकासका लागि राजनीतिक स्थायित्व जरुरी हुने…
सुनिता थेगिम र राज रोबट अजनवीको पुर्बेली लोक भाका “नतर्कन ए कान्छी” सार्वजनिक
काठमाडौ - चर्चित गायिका सुनिता थेगिम र राज रोबट अजनवीको स्वरमा अत्यन्तै मिठो पुर्बेली लोक भाका "नतर्कन ए कान्छी" बोलको गीत सार्वजनिक भएको छ । पछिल्लो समयमा पुर्बेली लोकभाकाहरु अलिक कम बजारमा आईरहेको अवस्थामा गायिका सुनिता थेगिम र राज रोबट अजनवीले मिठो पुर्बेली लोकभाकाको गीत बजारमा ल्याएका हुन् । खिरिलो स्वरकी धनी गायिका सुनिता थेगिम पछिल्लो समयमा निक्कै व्यास्त गायिका हुन् । गायिका थेगिमले थुप्रै नेपाली चलचित्रहरुमा, लोक, आधुनिक, पप र लिम्बु भाषाका गीतहरु गाई सकेकी छन् ।
गीतकार सुमित्रा थुलुङ्ग "अश्रुधारा" को शब्द रचनामा…
डक्टर किरातको “तस्बिर” सार्वजनिक (भिडियो सहित)
ईन्द्र जिजीबिषा / काठमाडौ - संगीतकार डक्टर किरातको एकल संगीत र गीतकार दिलिप राई "सगर"को एकल शब्द रचनामा गीति एल्बम "तस्बिर" को विमोचन गरिएको छ । वरिष्ठ साहित्यकार भूपाल राई,वरिष्ठ गायक तथा संगीतकार सम्भु राई, वरिष्ठ गायिका विमला राई लगायतले "तस्बिर"गीति एल्बम बिमोचन गरेका हुन् । शास्त्रीय संगीतमा दुई दशक भन्दा बढि समय बिताएका संगीतकार डक्टर किरात नेपाली गीत-संगीतको क्षेत्रमा पहिलो वर्गका संगीतकारहरु मध्ये भित्रै पर्छन् । संगीतकार डक्टर किरातका थुप्रै संगीतहरु लोकप्रिय बनेका छन् ।
गीतकार "दिलिप राई सगर" प्रवासी भूमि…
राजधानीमा एक फरक खाले कार्यक्रमको आयोजना
काठमाडौँ, २९ भदौ
शुक्रबार बागबजारस्थित होटल हार्दिकमा आयोजित एक विशेष समारोहमा आधुनिक नेपाली कविता क्षेत्रका पाँच विशिष्ट काव्य साधकहरू सम्मानित भएका छन् । नेपाली वाङ्गमय परिषद्, नेपाली प्रतिभा प्रतिष्ठान बेलायत र जसराज किराती प्रतिभा प्रतिष्ठानद्वारा आयोजित ‘विशिष्ट साधक सम्मान तथा सत्सङ्ग–२०७५’ कार्यक्रममा वरिष्ठ कविहरू बैरागी काइँला, तुलसी दिवस, जसराज किराती, मञ्जुल र तोया गुरुङ सम्मानित भएका हुन् ।
पाँच विशिष्ट काव्य साधकहरूलाई पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री कृपासुर शेर्पा, नेपाल कम्युनिष्ट पार्टीका…
कृषिविज्ञ मदन राईलाई हुतराम इन्भाइरन्मेन्ट अवार्ड
काठमाडौ - कृषिविज्ञ मदन राई हुतराम इन्भाइरन्मेन्ट अवार्डबाट सम्मानित भएका छन् । वातावरण संरक्षणमा उल्लेखनिय योगदान पु¥याएको भन्दै राईलाई इन्भाइरन्मेन्ट एण्ड पव्लिक हेल्थ अर्गनाइजेसन (इएमपिएचओ) काठ्माण्डौंले सम्मान गरेको हो ।
दिनानुदिन बढ्दै गएको वातावरणीय प्रदूषणलाई रोकथाम गरेर वाताबरण स्वच्छ बनाउने क्षेत्रमा नेतृत्व गर्दै उल्लेखनीय योगदान पु¥याएकोमा कृषिविज्ञ राईलाई नगद रु २५ हजार सहितको अवार्ड लेखक तथा पत्रकार भैरब रिसालले कृषिबिज्ञ राईलाई हस्तान्तरण गरेका हुन् ।
रासायनिक मलको प्रयोगले जमिन बिग्रँदै गएको अवस्थामा मानव…
सिलोङमा अन्तराको सांस्कृतिक धमका
काठमाडौँ, २८ भदौ - चर्चित साङ्गीतिक समूह ‘अन्तरा’ भारत मेघालय राज्यको राजधानी सिलोङमा परम्परागत तथा मौलिक नेपाली सांस्कृतिक कार्यक्रम प्रस्तुत गरी काठमाडौँ फर्किएको छ । सिलोङस्थित ‘गोरेटो सोसियो–कल्चरल एण्ड वेलफेयर सोसाइटी’ नामक संस्थाको सद्भावपूर्ण निमन्त्रणामा सांस्कृतिक आदान–प्रदान कार्यक्रमका लागि अन्तरा ३२ सदस्यीय कलाकार टोली लिएर त्यसतर्फ गएको थियो । उक्त सांस्कृतिक टोलीमा संलग्न कलाकार खगेन्द्र राईले कार्यक्रम ऐतिहासिक भएको बताए । उनले भने, ‘सिलोङमा नेपाली भाषा, कला र संस्कृतिप्रतिको अगाध प्रेम देखेर हामी हर्षित भयौँ…
चलचित्र “छिरिङ” को ट्रेलर सार्वजनिक
ईन्द्र जिजीबिषा / काठमाडौ - अत्यान्तै चर्चामा रहेको नेपाली कथानक चलचित्र "छिरिङ" को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रका मुख्य पात्र छिरिङले आफ्नो जिवनमा भोग्नु परेका कथा, सामाजिक परिवेस, हाँस्य, करुणा र मनोरन्जनले भरिएको चलचित्र "छिरिङ"मा चर्चित गायक तथा नायक यसकुमार, चर्चित पप गायक तथा नायक निमा रुम्बा र कामना भुजेलले अभिनय गरेका छन् ।
आउने असोज महिनाको १२ गतेदेखि डिसिएन मार्फत नेपालभर प्रदर्शन हुन लागेको चलचित्र "छिरिङ"को ट्रेलर सार्वजनिक भए लगत्तै चलचित्र विश्लेषक, चलचित्र प्रेमीहरुले चलचित्र राम्रो बनेकोमा विश्वस्त…