Trending
- साल्पा सिलिचुङ्ग परियोजना शुभारम्भ कार्यक्रम सम्पन्न
- “बुद्ध र भिखारी” नाटक मण्डला थिएटरमा प्रस्तुत गर्ने तयारी
- चलचित्र ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक
- उर्मिला खालिङ र हेमन्त खालिङको दुई खालिङ गीत सार्वजनिक
- अजय अलङकारको सानीवा (हृदय) सार्वजनिक
- “खासाको बजार” बोलको म्युजिक भिडियो सार्वजनिक
- नुवाकोटमा चुनावी गरमागरम, प्रमुख राजनीतिक दल संग सुमन पाण्डेको कडा प्रतिस्पर्धा हुने
- क्यान्सरलाई जितेपछि कोपिला नाचिन् छमछमी (भिडियो सहित)
- ‘खोटाङ सांगीतिक साँझ २०७९’ हुदै, विदेशको सांगीतिक भ्रमण रोकेर राजेश पायलले प्रस्तुति दिने
- टिकटक डान्स टेलेण्ट नेपालको विजेताहरुलाई पुरस्कार वितरण
Browsing Category
सिलिचुङ्ग टिभि
अबको भाईरल यी युवा, कलाकार देखि नेता सम्मको क्यारिकेचर दुरुस्तै
अबको भाईरल यी युवा, कलाकार देखि नेता सम्मको क्यारिकेचर दुरुस्तै
अबको दुई बर्ष भित्र काठका पोलहरु हेर्न त के देख्न समेत पाउनु हुने छैन : रामबहादुर लामा (थिङ्ग)
नुवाकोट जिल्लाको ककनी गाउँ पालिका वडा नं पाँचका वडा अध्यक्ष रामबहादुर लामा (थिङ्ग) संग सिलिचुङ्ग टिभिका लागि वरिष्ठ संवाददाता तथा अन्तराष्ट्रिय व्युरो प्रमुख विचारी चाम्लिङ्गले समसामयिक विषयमा गरेको कुराकानीको सार संक्षेप ।
तपाइँको वडामा के कस्ता विकासका कार्यहरु अगाडि बढाई रहनु भएको छ ?
विशेष गरि भूकम्प बाट क्षतिग्रस्त घरहरु लगभग ८० प्रतिशत पुननिर्माण गरिसकिएको छ । २०% बाँकी त्यो पनि यो बर्षा पछि सम्पन्न हुन्छ र पुनर्निर्माणले पनि बजेट रोकेको कारण केहि कठिनाई भईरहेको छ ।
आर्थिक बर्ष २०७४/७५ को बजेटमा विकासका लागि कति…
पुजाको सुन्दरता छल्कियो तस्विरमा (फोटो फिचर)
उदयपुरमा जन्मिएर नेपाली सांगीतिक दुनियाँमा विगत लामो समयदेखि निरन्तर तहल्का मच्याउदै आएकी गायिका हुन् पूजा सुनुवार । गायिका पूजा सुनुवारको "सेल्फी टु" "ट्युसन पढाउने" निक्कै चर्चित गीत हो । अहिले पछिल्लो समयमा पूजाको "एकोहोरो माया" पनि निकै चर्चामा रहेको गीत हो ।
उदयपुरबाट संगीत सिक्नको लागि नै भनेर काठमाडौ आएकी पुजाको सांगीतिक मोह भने सानै देखि थियो । उदयपुरमा हुँदा पनि आफू पढ्ने स्कुलमा गीत गाएर सबैलाई मख्खै बनाउने पूजा आफू आफ्नो जन्म दिने बाबाको प्रेरणाले यो क्षेत्रमा लागेकी हुन् । आज यो स्थानसम्म आई पुग्दा आफूले…
सुनिता थेगिमको एकल स्वर र पारस मुकारुङको एकल संगीतमा “सेप्माङ “विमोचित (भिडियो सहित)
ईन्द्र जिजीबिषा / काठमाडौ - चर्चित गायिका सुनिता थेगिमको एकल स्वर र चर्चित संगीतकार पारस मुकारुङको एकल संगीतमा रहेको गीति एल्बम "सेप्माङ " को विमोचन गरिएको छ । बरिष्ठ गायक दिप श्रेष्ठको प्रमुख आतिथ्यतामा उक्त गीति एल्बम विमोचन गरिएको हो ।
उक्त गीति एल्बममा स्वप्निल स्मृतको शब्द रचनामा "जुन जस्तै",कविता राईको शब्द रचनामा "बतास संगै" शुभ मुकारुङको शब्द रचनामा "किन मैले" डुटिन्द्र चाम्लिङ्गको शब्द रचनामा "आकाश कुदे-कुदे जस्तो" प्रकाश थाम्सुहाङ्गको शब्द रचनामा "सेवारो सेप्माङ" गरेर जम्मा पाँचवटा गीतहरु समेटिएका छन् । उक्त…
खम्बु र किरातीको साकेला गीत म्युजिक भिडियो छायांकन सम्पन्न (भिडियो सहित)
काठमाडौ - चर्चित गायक तथा संगीतकार विनोद खम्बु र चर्चित गायिका बबिना किरातीको स्वरमा रहेको "सुम्निमा र पारुहाङ्गलाई सिरमा राखेर" बोलको साकेला विटको गीतको म्युजिक भिडियो छायांकन सम्पन्न भएको छ ।
चलचित्र "मट्टिमाला"को चर्चित आईटम गीत "बेची दिन्थे यो जवानी, किन्ने कोही भईदिए" लगायत थुप्रै चलचित्र र आधुनिक लोक पप गीतहरुमा स्वर दिएकी गायिका बबिना किरातीको साकेला बिटको भने यो पहिलो गीत बनेको छ ।
गायक तथा कम्पोजर बिनोद खम्बुको "तिमी ज्यान माग ज्यान माग ज्यान दिन्छु" जस्ता बहु चर्चित गीत लगायत सयौ चर्चित गीतहरु रहेका छन् ।
प्रेम…
रमिला ग्याङमी मगरको रमाईलो पलहरु (फोटो फिचरमा)
ईन्द्र जिजीबिषा / काठमाडौ - विगत ७ बर्षदेखी सशस्त्र प्रहरीमा रहेर देश र जनताको सेवा गर्दै आएकी रमिला ग्याङमी मगर चर्चित गायिका पनि हुन् । करिब चार दर्जन भन्दा बढि गीतहरु बजारमा ल्याईसकेकी रमिलाको "घिन-घिन मादल" "सुस्तरी-सुस्तरी" लगायत थुप्रै चर्चामा रहेका छन् ।
हाल मास्टर डिग्रीमा अध्ययनरत रमिलालाई आफू सानो हुँदा, कतै गण पड्किदा पनि धेरै डर लाग्थ्यो । तर पछि त्यहि मेशिन गण समातेर आफूले ट्रेनिङ्ग गर्नु परेपछि त्यो डर सबै भागेको बताउछिन् ।
आफूलाई आफ्नो परिवारबाट राम्रो सपोर्ट पाई रहेको बताउने रमिला आज यो स्थानमा आईपुग्न…
मोडेल रेखा राईको हट अवतार (फोटो फिचर)
कलाकार तथा मोडेल रेखा राई पछिल्लो समयमा चर्चित नाम हो । एक दर्जन भन्दा धेरै म्युजिक भिडियोमा अभिनय गरिसकेकी रेखा राई बेली डान्स र साल्सा डान्समा पोख्त छिन् ।
उदयपुरमा जन्मिएर कलाकारिता क्षेत्रमा लागेकी रेखा राई नेपालको विभिन्न ठाउँहरुमा आफ्नो डान्स र कलाकारीता देखाई सकेकी छन् भने, कतार, सिक्किम, दार्जिलिङ्ग लगायत अन्य विभिन्न देशहरुमा पनि आफ्नो कला देखाई सकेकी छन् ।
अत्यान्तै मिलनसार रेखा सरल र सोझी छन् । मोडेल हुनलाई वा चर्चित हुनको लागि शरीरको वश्त्र खोल्नै पर्ने भन्ने मान्यता आफूमा लागू…
नेपाल फर्किए लगत्तै म्युजिक भिडियोमा जम्ने सुरमा इन्धु शेर्पा (भिडियो सहित)
काठमाडौ - रोजगारीकै शिलसिलामा दुबई पुगेकी इन्धु शेर्पा नेपाल फर्किए लगत्तै म्युजिक भिडियोमा जम्ने सुरमा छिन् । गायक रेवत राई र लाक्पा शेर्पा लामाको स्वरमा रहेको "पानि तालैमा" बोलको कभर म्युजिक भिडियो मार्फत उनि यो क्षेत्रमा डेब्यु गर्ने भएकी हुन् ।
बाँकी भिडियोमा हेर्नुहोला
दिनेश माङ्मुको निर्देशनमा “खबर दिनु म्यासेजमा पलपलको” सार्वजनिक
काठमाडौं, १५ असार - चर्चित नृत्य निर्देशक दिनेश माङ्मु म्युजिक भिडियो निर्देशक बनेका छन् । गंगा सुब्बा तुम्बाहाङ्फेको रचना तथा संगीतमा तयार भएको "खबर दिनु म्यासेजमा पलपलको" बोलको गीतमा माङ्मुले निर्देशन गरेका हुन् । दृष्टिविहिन गायिका कुमारी योङहाङको स्वर रहेको उक्त गीतमा लक्ष्मी योङहाङ र विवश वेनाम माङ्मुले अभिनय गरेका छन् ।
गंगा सुब्बा तुम्बाहाम्फे पुराना कलाकारसमेत हुन् । उनले मासेमी, बसन्त ऋतु, परिवर्तनजस्ता चलचित्रमा अभिनय गरेर केही समय परदेश लागेका थिए । नेपाल फर्केर पुनः पार्सल, यारी, टापु, फेकेजस्ता चलचित्रमा अभिनय…
किन खिचिन असारे हिलोमा मोडेल मेघना मगरले यस्तो फोटो खुल्यो रहस्य (भिडियो सहित)
काठमाडौ - सामाजिक संजालमा पछिल्लो समयमा असार पन्ध्रमा खिचिएको केहि फोटोहरु निक्कै चर्चित बन्यो । खेतको हिलोमा लतपतिएको दुईजना युवायुवतीहरुको फोटो सामाजिक संजालमा चर्चित बनेपछि फोटोमा भएकी मोडेल/ कलाकार मेघना मगर संग हामीले केहि जिज्ञासा राख्यौ ।
उक्त फोटो गत सालको असार पन्ध्रमै खिचिएको रहेछ । म्युजिक छायांकनकै समयमा उक्त फोटो खिचिए पनि म्युजिक भिडियोकै लागि भने खिचिएको हैन रहेछ ।
सानै देखि नाच्न रुचि भएकी मोडेल मेघना पारिवारिक सपोर्ट नभएकोले आफू सानो छदा यो क्षेत्रमा लाग्न नसकेपनि अध्ययनको लागि काठमाडौ आएपछि यो क्षेत्रमा…