बबिना किरातीको “आकाशैमा चिल हो कि बेसारा ” सार्वजनिक

0 1,563

काठमाण्डौ / अत्यन्तै चर्चित गीत “आकाशैमा चिल हो कि बेसारा ” फिमेल भर्सनमा सार्वजनिक भएको छ। चर्चित लोकप्रिय गायिका बबिना किरातीको स्वरमा उक्त गीत सार्वजनिक भएको हो। यो गीतको मेल भर्सन केहि बर्ष पहिले लोकप्रिय गायक महेश थुलुङ्गको स्वरमा सार्वजनिक भएको थियो। गायिका बबिना किरातीको यो भन्दा अगाडि पनि दर्जनौ गीतहरु सुपर हिट छन्।

हरेक मानिसको जनजिब्रोमा सजिलै झुण्डिएको यो गीतको शब्द रचना भुवन थुलुङ्गले गरेका हुन्। रिकेश गुरुङले एरेन्ज गरेको यो गीतलाई मिक्सिङ्ग मास्टरिङ्ग भने राजु कार्कीले गरेका छन्। गीतको रेकर्ड किरण सिंह थापा र सुरेश राईले गरेका हुन्।

सम्राट अधिकारी, अनिश मगर, श्रीष्टि सुब्बा, रश्मि आले मगर र गायिका बबिना किराती आफैले फिचरिङ्ग गरेको उक्त गीतको भिडियोमा अस्मिता राईले श्रिङ्गार इसक जबेगुले छायांकन गरेका हुन्। विकास दाहालले सम्पादन गरेको उक्त गीतको म्युजिक भिडियोलाई राज दोङ्गले सह निर्देशन र राजेश पुमा राइले निर्देशन गरेका हुन्।

गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...