मेयर हर्क साम्पाङ्गको तस्विर सगरमाथाको चुचुरोमा
सगरमाथा आरोही विजय घिमिरेले विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा तस्विर पुर्र्याएका हुन्।
काठमाडौ – धरान उप-महानगर पालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ्ग) को तस्विर सगरमाथाको चुचुरोमा पुगेको छ। सगरमाथा आरोही विजय घिमिरेले विक्रम संवत २०८२ जेठ ५ गते नेपाली समय बिहानको ८:५२ र चाइनाको समय ११:२७ बजे आइतबारका दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा धरान उप-महानगर पालिकाको लोगो र नगर प्रमुख राईको तस्विर पुर्र्याएका हुन्।
सोलु जिल्लामा जन्मिएका सगरमाथा आरोही विजय घिमिरेको यो चौथो पटक सफल सगरमाथा आरोहण हो। उनले यो भन्दा अगाडि ३ पटक सफलताको साथ सगरमाथा आरोहण गरि सकेका थिए ।
घिमिरे मेयर हर्क साम्पाङ्गका शुभ चिन्तक हुन्। उनले मेयर साम्पाङ्गको सकारात्मक र राम्रा कामहरुलाई समर्थन र सपोर्ट गर्दै आईरहेका छन्।
तस्विरमा देखिएको टाइम बारे जिज्ञासा राख्दा, सगरमाथाको चुचुरोमा चाइनाको टाइम देखिएकोमा दुखेसो गर्छन्। सगरमाथा हाम्रो हो तर चुचुरोमा पुग्दा अटोमेटिकल्लि चाइनाको समय देखाउछ।
सामाजिक कार्य र समाजसेवामा सक्रिय घिमिरे चौथो पटक सफल सगरमाथा आरोहण गर्ने दलित समुदायको पहिलो आफू रहेको दाबि गरेका छन्।

