Browsing Category

समाचार

इन्टेक १९९९ का ब्याजी गोर्खालीहरुले २५ सौं रजत जयन्ती भब्य रुपमा मनाए

-भूमिराज राई मेडवे केन्ट युके / २५ मे शनिबार २०२४ का दिन आस्कोट रेसकोर्सको मुख्यहल द पाभिलियन हलमा भव्य रुपमा ब्रिटिश सेनाको बृगेड अफ गोर्खाजमा भर्ति भएको २५ सौं बर्षगाँठको अवसरमा रजत जयन्ती (सिल्भर जुबिली) मनाउँदै इन्टेक १९९९ मा भर्ती हुने गोर्खालीहरु र परिवारले शुभकामना र बधाई साटासाट गर्दै खुशियाली मनाए। सन् १९९९ सालको जनवरी २१ तारिखमा हजारौं आकांक्षी प्रतिष्पर्धि मध्य २३० जना छनौटको अन्तिम चरणमा छानिएर भर्ति भएका इन्टेकका गोर्खालीहरुको २५सौं बर्ष गाँठ भब्य रुपमा मनाउने सहमति अनुसार उपयुक्त समय र स्थानको छनौट पछी यो…

“जिन्दगीको यो मोडमा” बोलको म्युजिक भिडियो सार्वजनिक

काठ्माण्डौ - "जिन्दगीको यो मोडमा" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायिका मेलिना राई र विशाल चाम्लिङ्ग राईको स्वरमा रहेको यो गीतको शब्द रचना र संगीत पनि बिशाल चाम्लिङ्ग राईकै रहेको छ । गायक तथा संगीतकार विशाल चाम्लिङ्ग राईको यो भन्दा अगाडि "म जन्मेको गाउँ प्यारो" बोलको गीत बजारमा आएको थियो। गीतको एरेन्ज देवेश राईले गरेका हुन्। अजय चाम्लिङ्ग र सम्झना राईले अभिनय गरेको यो म्युजिक भिडियोलाई ओम प्रसाई र विशाल थापाले छायांकन सोनी राईले शृंगार र अनिल कुमार महर्जनले सम्पादन/ कलर गरेका हुन्। म्युजिक भिडियोको कन्सेप्ट…

“बबाल गर्नुपर्छ” बोलको म्युजिक भिडियो सार्वजनिक

काठ्माण्डौ - केहि फरक स्वाद सहित "बबाल गर्नुपर्छ" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। शान्तिराज राई, सविता राई, ममता थेगिम लगायतको अभिनय रहेको उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो। राजेन्द्र थापाको शब्द रचनामा तयार भएको गीतमा लोकप्रिय गायक रुपकुमार राईको स्वर, चर्चित संगीतकार महेश खड्काले संगीत र महाराज थापाले एरेन्ज गरेका छन् । गीतको मिक्सिङ्ग मास्टरिङ्ग र रेकर्ड रमेश सेन्चुरीले गरेका हुन्। सुगम संगीत र लोक भाकामा राम्रो दख्खल राख्दै आएका गायक रुप कुमार राईले यो गीतमा भने केहि फरक गर्ने प्रयास गरेका छन्। थुप्रै…

नेपालीहरुको उत्कृष्ट प्रस्तुति सहित रोचेस्टर स्विप्स फेस्टिभल २०२४ सम्पन्न

भूमिराज राई -मेडवे केन्ट / रोचेस्टर स्विप्स फेस्टिभल २०२४ को अन्तिम दिन ३ मे साँझ रोचेस्टर क्यासलको प्राङ्गणको मुख्य स्टेज देखि समापन मन्तव्य दिंदै मेयर निना गुरुङ्ले सहभागी सबैलाई धन्यवाद दिंदै कार्यक्रम समापान गर्नुभयो। हरेक बर्ष लोकप्रिय बन्दै गई रहेको रोचेस्टर स्विप्स महोत्सव २०२४ (Rochester Sweeps Festival 2024) को बयालीसौं संस्करण भव्य सफलताकासाथ सम्पन्न भएको हो। मेडवेको पुरानो ऐतिहासिक शहर रोचेस्टरको गिल्डहल म्यूजियम फोरकोर्ट बाहिर ४ मे २०२४ शनिबार स्थानीय समय १०:४५ मा मेडवे कि मेयर काउन्सिलर श्रीमती निना गुरुङ्…

राईजिङ्ग स्टारको विजेता जुनियर तर्फ नियासा प्रधानाङ्ग र सिनियर तर्फ समिका भट्टराई

काठमाण्डौ - बालबालिकाको व्यक्तित्व विकास र क्षमता वृद्धिको लागि हुदै आईरहेको राईजिङ्ग स्टार सिजन आठ (८ ) को विजेता जुनियर तर्फ नियासा प्रधानाङ्ग र सिनियर तर्फ समिका भट्टराई बनेकी छिन् । क्रियटिभ वर्ल्ड नेपालको आयोजनामा संचालन हुदै आएको राईजिङ्ग स्टार सिजन आठको उक्त विजेता राष्ट्रिय नाचघरमा भव्य कार्यक्रमको बीच घोषणा गरिएको हो। त्रिहतर । ७३) जना भन्दा बढि प्रतिस्पर्धी बीच नियासा र समिका विजेता बनेकी हुन्। विजेताले ५०-५० हजार नगद र विभिन्न गिफ्ट प्राप्त गरेका छन्। कार्यक्रममा जुनियर तर्फ़ साईस्ता रेग्मी र सिनियर तर्फ़ दीक्षा…

बबिना किरातीको “आकाशैमा चिल हो कि बेसारा ” सार्वजनिक

काठमाण्डौ / अत्यन्तै चर्चित गीत "आकाशैमा चिल हो कि बेसारा " फिमेल भर्सनमा सार्वजनिक भएको छ। चर्चित लोकप्रिय गायिका बबिना किरातीको स्वरमा उक्त गीत सार्वजनिक भएको हो। यो गीतको मेल भर्सन केहि बर्ष पहिले लोकप्रिय गायक महेश थुलुङ्गको स्वरमा सार्वजनिक भएको थियो। गायिका बबिना किरातीको यो भन्दा अगाडि पनि दर्जनौ गीतहरु सुपर हिट छन्। हरेक मानिसको जनजिब्रोमा सजिलै झुण्डिएको यो गीतको शब्द रचना भुवन थुलुङ्गले गरेका हुन्। रिकेश गुरुङले एरेन्ज गरेको यो गीतलाई मिक्सिङ्ग मास्टरिङ्ग भने राजु कार्कीले गरेका छन्। गीतको रेकर्ड किरण सिंह थापा र…

रोशन सिंहको “माया गरि-गरि” सार्वजनिक

काठमाडौ / पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक श्रोताको साथ पाउँछन् । कमै गीतले मात्र दर्शक श्रोताको मन जित्ने गर्छन् । आधुनिक क्षेत्रमा बिगत एक दशक देखि होमिएका गायक रोशनका गीतहरु श्रोता तथा दर्शकहरुले निकै नै रुचाउने गरेका छन्। यस अघि “जिन्दगीका केहि मिठा पल” मेरी मायालु निकै चर्चामा थियो भने अन्य दर्जनौं गीतहरुले श्रोता तथा दर्शकको मन मुटुमा अड्डा जमाइसकेका छन् । पछिल्लो समय धेरैको मन मुटुमा बस्न सफल चर्चित गायक रोशन सिंहको आवाजमा रहेको नयाँ गीत ‘माया गरि-गरि ” को भिडियो…

“म जन्मेको गाउँ प्यारो” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ / राजेश पायल राई र सुनिता थेगिमको स्वरमा रहेको "म जन्मेको गाउँ प्यारो" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। विशाल चाम्लिङ्गको शब्द तथा संगीतमा रहेको उक्त गीतलाई एरेन्ज, मिक्सिङ्ग मास्टरिङ्ग देवेस राईले गरेका हुन्। परदेशमा हुँदा आफ्नो जन्मथलो, खेले हुर्केको घर आँगनलाई सम्झिएर तयार गरिएको उक्त गीतको म्युजिक भिडियोमा पूर्वेली गाउँ घरकै परिवेसलाई समेटिएको छ। टेम्के देखि साल्तेम सम्मको भू-भागहरु समेट्दा टेम्केमा फूलेको गुराँश देखि साल्तेममा झुलेको धानका बालाहरु उक्त म्युजिक भिडियोमा मजाले हेर्न सकिने छ। किरात राईहरुले…

साल्पा सिलिचुङ्ग परियोजना शुभारम्भ कार्यक्रम सम्पन्न

ईन्द्र जिजीबिषा -काठमाडौ / "सृष्टिको उत्पति केन्द्र मुन्दुमको प्राण, साल्पा सिलिचुङ्गको संरक्षण हाम्रो अभियान" भन्ने मूल नाराका साथ् साल्पा सिलिचुङ्ग सरोकार संरक्षण तथा प्रवर्द्धन केन्द्र अन्तराष्ट्रिय समितिको आयोजनामा "साल्पा सिलिचुङ्ग परियोजना"को शुभारम्भ भएको छ । साल्पा सिलिचुङ्गमा सुम्निमा- पारुहाङ्गको प्रतिमा निर्माण, मुन्दुमी पूजाथान स्थापना लगायत विभिन्न मुन्दुमी पात्रहरुको प्रतिमा निर्माण गर्ने विश्वव्यापी महा-अभियानको शुभारम्भ भएको हो। साल्पा सिलिचुङ्ग किरातीहरुको पवित्र मुन्दुमी स्थल, किरात धार्मिक तथा सांस्कृतिक…

“बुद्ध र भिखारी” नाटक मण्डला थिएटरमा प्रस्तुत गर्ने तयारी

काठमाडौ- जेठ १६ गतेबाट मन्डला थिएटर थापागाउमा चुलाचुली थिएटरको प्रस्तुती नेपाली लोककथामा आधारित "बुद्ध र भिखारी" नामक नाटक छाँया अथवा स्याडोको माध्यमबाट प्रस्तुत गर्ने तयारी भइरहेको छ । "इन्टरनेसनल थिएटर फेस्टिवल"मा एक शो प्रस्तुत भएपछि नाटकलाई दर्शकले अत्याधिक रुचाएका थिए । त्यसबेला एउटा मात्र शो प्रदर्शन गरिएकोमा यो पटक भने जेठ १६ गतेबाट ३२ गतेसम्म निरन्तर शो हुने तयारी रहेको बताईएको छ । कलाको जीवन्तता तथा खारिएको अभिनयको असाधारण प्रस्तुती ठुला पर्दाका चलचित्र भन्दा नाटकघरहरुमा देख्न सकिन्छ। त्यसैले होला आजभोली सिनेमा…