“बुद्ध र भिखारी” नाटक मण्डला थिएटरमा प्रस्तुत गर्ने तयारी

0 1,430

काठमाडौ– जेठ १६ गतेबाट मन्डला थिएटर थापागाउमा चुलाचुली थिएटरको प्रस्तुती नेपाली लोककथामा आधारित “बुद्ध र भिखारी” नामक नाटक छाँया अथवा स्याडोको माध्यमबाट प्रस्तुत गर्ने तयारी भइरहेको छ । “इन्टरनेसनल थिएटर फेस्टिवल”मा एक शो प्रस्तुत भएपछि नाटकलाई दर्शकले अत्याधिक रुचाएका थिए । त्यसबेला एउटा मात्र शो प्रदर्शन गरिएकोमा यो पटक भने जेठ १६ गतेबाट ३२ गतेसम्म निरन्तर शो हुने तयारी रहेको बताईएको छ ।

कलाको जीवन्तता तथा खारिएको अभिनयको असाधारण प्रस्तुती ठुला पर्दाका चलचित्र भन्दा नाटकघरहरुमा देख्न सकिन्छ। त्यसैले होला आजभोली सिनेमा हलमा भन्दा नाटक घरमा दर्शकको भिड देख्न सकिन्छ।अहिले पनि राजधानिका नाटकघरहरुमा विभिन्न नाटकहरु मन्चन भइरहेका छ्न भने कति नाटकहरु मन्चनको तयारिमा रहेका छन् । नेपाली मौलिकता झल्किने नाटकलाइ जीवन्तता दिदै गर्दा निर्देशक अनिल सुब्बा भने यो पटक फरक तबरले नाटकको तयारीमा जुटेका हुन् ।

यस नाटकको परिकल्पना चेतन आङथुपोले गरेका छन् भने निर्देशन अनिल सुब्बाले गरेका छन् । जसमा कलाकारहरु बेदना राई,प्रतिना राई ,रमिता राइ,रुपेश लामा,सन्जिप योगि,मोहन राई,नवीन चन्द्र अर्याल ,प्रबिन मगर,सुनिल तामाङ ,सौजन सेनेहाङ लगायत कलाकार रहेका छन् । विगतमा मन्डला थिएटरमा “चोरको स्वर जस्ता ब्लक बस्टर नाटकको निर्देशन पछिको अनिलको मन्डलामै दोस्रो नाटक हो।हाल सम्म दर्जनौ ब्लक बस्टर नाटक र दर्जनौ सडक नाटक मञ्चन गरिसकेको चुलाचुली रंगमञ्चको यो स्याडो प्ले “बुद्द र भिखारी नाटक दर्शकका लागि नौलो अनुभव हुन सक्छ।

विगतमा नयाँ बाटो नयाँ पाइला नाट्य समूहको नाउँले विभिन्न गतिविधि गर्दै आएको समूह जस्ले चुलाचुलीमा नाटक तथा रंगमञ्च क्षेत्रको विकासका लागि नयाँ ढङ्गले कार्य गर्दै आइरहेको छ ।

Loading...