“बबाल गर्नुपर्छ” बोलको म्युजिक भिडियो सार्वजनिक
काठ्माण्डौ – केहि फरक स्वाद सहित “बबाल गर्नुपर्छ” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। शान्तिराज राई, सविता राई, ममता थेगिम लगायतको अभिनय रहेको उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो।
राजेन्द्र थापाको शब्द रचनामा तयार भएको गीतमा लोकप्रिय गायक रुपकुमार राईको स्वर, चर्चित संगीतकार महेश खड्काले संगीत र महाराज थापाले एरेन्ज गरेका छन् । गीतको मिक्सिङ्ग मास्टरिङ्ग र रेकर्ड रमेश सेन्चुरीले गरेका हुन्।
सुगम संगीत र लोक भाकामा राम्रो दख्खल राख्दै आएका गायक रुप कुमार राईले यो गीतमा भने केहि फरक गर्ने प्रयास गरेका छन्।
थुप्रै म्युजिक भिडियोमा अभिनय गरि सकेका कलाकारहरु शान्तिराज राई, सविता राई र ममता थेगिमले दर्शकहरुलाई भरपुर मनोरन्जन दिने प्रयास गरेकाछन्। पश्चिमे लोक भाकाहरुको म्युजिक भिडियोमा जम्दै आएकी कलाकार सविताले यो गीत र म्युजिक भिडियोले केहि नयाँ अनुभूति गराएको बताएकी छन्।
म्युजिक भिडियोमा शुस्मा राई, प्रमल राई, शुसन राई (भाले डन) रजिन राई, अभि हिउसिस राई लगायतले पनि अभिनय गरेका छन्। त्यस्तै सलिना, स्मृति, साउलिना,मेरी,ईशा,पासाङ्ग,सजल, सरिस्का (सरिक्षा)” सुष्मा र अरुणालाई पनि म्युजिक भिडियोमा देख्न सकिन्छ।
सोनी राईको शृंगार, ओम प्रसाईको छायांकन, मेघराजको लाइट व्यवस्थापन,अनिल महर्जनको सम्पादन रहेको उक्त म्युजिक भिडियोलाई मेघना मगरको नृत्य निर्दशन र ईन्द्र जिजीबिषाले निर्देशन गरेका हुन्।
भिडियो यहाँ हेर्नुहोला