“जिन्दगीको यो मोडमा” बोलको म्युजिक भिडियो सार्वजनिक

0 1,019

काठ्माण्डौ – “जिन्दगीको यो मोडमा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। चर्चित गायिका मेलिना राई र विशाल चाम्लिङ्ग राईको स्वरमा रहेको यो गीतको शब्द रचना र संगीत पनि बिशाल चाम्लिङ्ग राईकै रहेको छ । गायक तथा संगीतकार विशाल चाम्लिङ्ग राईको यो भन्दा अगाडि “म जन्मेको गाउँ प्यारो” बोलको गीत बजारमा आएको थियो। गीतको एरेन्ज देवेश राईले गरेका हुन्।

अजय चाम्लिङ्ग र सम्झना राईले अभिनय गरेको यो म्युजिक भिडियोलाई ओम प्रसाई र विशाल थापाले छायांकन सोनी राईले शृंगार र अनिल कुमार महर्जनले सम्पादन/ कलर गरेका हुन्। म्युजिक भिडियोको कन्सेप्ट निर्देशन भने ईन्द्र जिजीबिषाको रहेको छ।

भिडियो यहाँ हेर्नुहोला

Loading...