पवन बान्तावा राईको “तिम्रो जस्तै मन मेरो” सार्वजनिक

0 1,008

काठमाडौ / पवन बान्तावा राईको सङ्गीत र महागायक राजेश पायल राईको आवाजमा “तिम्रो जस्तै मन मेरो” बोलको लिरिकल भिडियो गीत सार्वजनिक छ। उक्त गीत Pawan Bantawa Rai Official युटुब च्यानल बाट सार्वजनिक भएको हो। उक्त गीतको शानदा रचना शिव साम्पाङ राईले गरेका हुन्।

छोटो समयमै दर्जन भन्दा बढी गीतहरुका सङ्गीत भर्न सफल सङ्गीतकार बान्तावाको सङ्गीतमा यो भने राई ईज किङ राजेश पायल राई सङ्गको भने पहिलो पहिलो सहकार्य रहेको छ।

यो गीतको एरेन्ज राजु कार्की र मिक्सिङ्ग मस्टरिङ्ग सुरेश राईले गरेका हुन् भने लिरिकल भिडियो अर्जुन खड्काले तयार पारेका हुन् ।

गीत यहाँ सुन्नुहोला

Loading...