Browsing Category

साहित्य/संगीत

पुष्पाञ्जली तिलिङ मादेन लिम्बु (चाप्पेतिको आमा) र रुद्र पाहिम लिम्बु अभिनित एकैदिन दुई म्युजिक भिडियो सार्वजनिक

काठमाडौं - पुष्पाञ्जली तिलिङ मादेन लिम्बु (चाप्पेतिको आमा) र रुद्र पाहिम लिम्बु अभिनित "आनी याक्थुङ्बा तीन" म्युजिक भिडियो सार्वजनिक भएको छ । रुद्र पाहिमको शब्द रचनामा सुनिता थेगिम र सुमन लिम्बूको स्वर रहेको पालाम (आनी याक्थुङ्बा – ३) मा प्राज्ञ अशोक लोहरुङले एरेञ्ज तथा संगीत गरेका छन् । म्युजिक भिडियोलाई दिनेश माङमु लिम्बूले निर्देशन गरेका छन्। मुकेश हुमागाइले छायांकन गरेको म्युजिक भिडियोलाई अनिल रानाले सम्पादन गरेका हुन् । "आनी याक्थुङ्बा – ४" त्यसैगरी पुष्पाञ्जली तिलिङ मादेन लिम्बु (चाप्पेतिको आमा) र रुद्र पाहिम…

सुनिता थेगिमको संगीतमा मेलिना राई र सुनिता थेगिमको लिम्बु गीत “निङवा पाङसिङलो” सार्वजनिक

काठमाडौ - चर्चित गायिका मेलिना राई र सुनिता थेगिमको स्वरमा लिम्बु गीत "निङवा पाङसिङलो" सार्वजनिक भएको छ। भौतिक पूर्वाधार तथा यातायात पुर्व मन्त्री बसन्त कुमार नेम्बाङको प्रमुख आतिथ्यमा ललितपुर स्थित युङचाहिममा एक कार्यक्रम गरेर उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो । हजारौ गीतहरु रेकर्ड गरिसकेकी गायिका मेलिना राईको लिम्बु भाषामा भने यो पहिलो गीत रहेको छ। गीत रेकर्ड गर्दा शब्द उच्चारणमा केहि असहज भएपनि गीत उत्कृष्ट बनेको गायिका मेलिना राईले बताएकी छन्। गायिका सुनिता थेगिमको संगीतमा रहेको उक्त गीत टिरआर सेनेहाङको…

चलचित्र ‘धुम ४ ’’को पहिलो गीत सार्वजनिक, कात्तिक १८ गतेदेखि देशभर प्रदर्शन

ईन्द्र जिजीबिषा / काठमाडौ - चर्चित नायक तथा निर्माता जय किशन बस्नेतले आफ्नो महत्वाकांक्षी चलचित्र ‘धुम ४ ’’को पहिलो गीत सार्वजनिक गरेका छन्। चलचित्र "धुम-४" मा समावेश "पख ओइ काली" बोलको भिडियो सार्वजानिक भएको हो । आउँदो कार्तिक १८ गतेदेखि नेपालभर प्रदर्शनको तयारीमा रहेको चलचित्र "धूम ४" मा समावेश उक्त गीतको शब्द सुजन कटुवालले लेखेका हुन् भने एम गुरुङले संगीत गरेका छन् । गायिका मेलिना राई र राकेश राईको स्वर रहेको गीतको भिडियोमा कमल राईको कोरियोग्राफी रहेको छ । यो चलचित्रमा नायक तथा निर्माता बस्नेत संगै सन्जोग राणा, नायिका…

नुमा राईको स्वरमा “हिजो तिम्ले” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - गायिका नुमा राईको स्वरमा "हिजो तिम्ले" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। गायिका राई एक मोडेल पनि हुन्। उनले दर्जनौ म्युजिक भिडियोमा अभिनय गरेकी छन्। सार्वजनिक गीतमा मिलन भुजेलको शब्द रचनालाई अशोक लिम्बुले संगीत गरेका हुन्। एरेन्ज भने राजु कार्कीले गरेका छन्। सार्वजनिक म्युजिक भिडियोमा गायिका स्वयं नुमा राई , आकृति लिम्बु, दिपक लोप्चन र सविता कोईरालाले अभिनय गरेका छन् । गङ्गाराम राईले छायांकन र सम्पादन गरेको म्युजिक भिडियोमा अनुस्का थापाले शृंगार गरेकी हुन् भने श्री शक्ति बराईलीले म्युजिक भिडियोको निर्देशन…

रेवत राई र मेलिना राईको स्वरमा “आज हामी बाचा गरौ” बोलको गीत सार्वजनिक

काठमाडौ - चर्चित गायक रेवत राई र मेलिना राईको स्वरमा "आज हामी बाचा गरौ" बोलको गीत सार्वजनिक भएको छ। प्रेमिल शब्दहरुले सजिएको गीतमा मिठो स्वर, शब्द र संगीतको फ्युजन रहेको छ। गायक रेवत राईको सयौ गीतहरुलाई स्रोता दर्शकले मन पराएका छन् भने गायिका मेलिना राई अहिलेका सर्वाधिक रुचाईएका गायिका हुन्। किरण चाम्लिङ्गको शब्द रचनालाई उदय राज पौडेलले एरेन्ज गरेका हुन् भने किशोर थापाले मिक्सिङ्ग मास्टरिङ्ग गरेका हुन्। लिरिकल भिडियो बनाएर सार्वजनिक गरिएको गीतलाई सुमन मगरले लिरिकल भिडियो तयार गरेका हुन्। गीत यहाँ हेर्नुहोला 

“पात बजाउदै” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - मेघा स्टार राजेश पायल राईको स्वरमा "पात बजाउदै" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। नेपाली गीत-संगीतको क्षेत्रमा एकछत्र राज गर्दै सदावहार गायकको रुपमा आफ्नो परिचय बनाएका गायक राजेश पायल राईको मिठो स्वरमा उक्त गीत सार्वजनिक भएको हो। यो सार्वजनिक गीतमा मिठो संगीत अनि शब्दको फ्युजन रहेको छ । सार्वजनिक गीतमा लिमन लिम्बुको शब्द रचनालाई अनिल कोयी राईले संगीत गरेका हुन् भने एरेन्ज राजु कार्कीको रहेको छ । चर्चित मोडेल अलिशा राई, अलिश राई (प्र्यांक स्टार) र रोजन लिम्बुले अभिनय गरेको म्युजिक भिडियोलाई दिनेश पराजुलीले…

बिक्रम राई र सुनिता थेगिमको स्वरमा “जब भेटे तिमीलाई” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - ममता राई इन्टरटेन्मेण्टले "जब भेटे तिमीलाई" बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ। बिक्रम राई र सुनिता थेगिमको स्वरमा रहेको उक्त लभ सङ अमेरिकाको न्यु-योर्कमा एक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो । प्रेमिल शब्दहरुलाई उनेर तयार पारिएको यो गीतको शब्द रचना ममता राई "यात्री" ले गरेकी हुन् । गीतकार ममता राई "यात्री"को दर्जनौ गीतहरु चर्चामा छन्। यो गीतमा संगीत गायक स्वयम् आफै बिक्रम राईले नै गरेका छन् । एरेन्ज भने पुरुषोतम सुवेदीले गरेका हुन्। किशोर थापाले मिक्सिङ्ग मास्टरिङ्ग गरेको यो गीतलाई ए-वन म्युजिसियन…

सुनिता थेगिमको स्वरमा “के म हजुरलाई” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - चर्चित गायिका सुनिता थेगिमको स्वरमा "के म हजुरलाई" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। प्रेमिल शब्द-संगीतको संयोजन रहेको उक्त गीत निलम रोजुको आफ्नै युट्युब च्यानलबाट सार्वजनिक भएको हो। गायिका सुनिता थेगिम अहिलेका लोकप्रिय गायिका हुन् । उनको सयौ गीतहरु चर्चित छन् । संगीतकार निलम रोजु गीतको शब्द शब्दमा खेलेर संगीत भर्नसक्ने संगीतकार हुन्। उनले संगीत गरेका दर्जनौ गीतहरु चर्चित छन्। संगीत मात्रै हैन उनि आफैले गायका दर्जनौ गीतहरु समेत चर्चित छन्। लिला दास साम्पाङ्ग राईको शब्द रचना, निलम रोजु राईको संगीत रहेको…

सुनिता थेगिम र सेमिहाङ सिंगकको स्वरमा लिम्बू भाषाको गीत “साम्याङफुङ” सार्वजनिक

काठमाडौ - चर्चित गायिका सुनिता थेगिम र गायक तथा संगीतकार सेमिहाङ सिंगकको स्वरमा लिम्बू भाषाको गीत "साम्याङफुङ" सार्वजनिक भएको छ । गायक सेमिहाङकै शव्द तथा संगीतमा रहेको उक्त गीत टेकेन्द्र याक्सोको एरेन्ज किशोर थापाको मिक्सिङ तथा मास्टरिङ रहेको छ । युगल पोमुद्वारा निर्देशित लिम्बू भाषाको म्युजिक भिडियो ‘साम्याङफुङ’ मा मौशम इम्बुङ "फुलन्देको बाउ" र रेखा फागोले अभिनय गरेका छन् भने प्रेम सुब्बा र दिनेश माङमुको समेत अभिनय रहेको छ । भुपेन्द्र तुम्बाहाङफेको छायाँकन, लोकेश थापाको मेकअप र दिनेश माङमुको कोरियोग्राफी रहेको उक्त…

“बुवा आमा” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ - बुवाको मुख हेर्ने दिनको अवसर पारेर भिज्युल अडियो क्रियसनले "बुवा आमा" बोलको म्युजिक भिडियो सार्वजनिक गरेको छ। गौरव राईको स्वर जोया श्रेष्ठको शब्द रचना, पुष्पन प्रधानको संगीत, देवेश राईको एरेन्ज रहेको उक्त गीत जन्मदिने बुवा प्रति समर्पित रहेको गीतकारले बताएकी छन् । बाल्यकालमा बुवाको हरेक बोलीहरु गालि झैँ लाग्ने तर बुझ्ने भएपछि बुवाको त्यो गालि हैन छोराछोरी प्रतिको माया रहेको भन्ने गीतको म्युजिक भिडियोले संदेश दिएको छ। सार्वजनिक म्युजिक भिडियोमा रिजुन परियार, राधा श्रेष्ठ, लक्ष्मीनाथ तिमिल्सिना,रत्नमान आँशु, आशुतोष…