मेयर हर्क साम्पाङ्गको तस्विर सगरमाथाको चुचुरोमा
काठमाडौ - धरान उप-महानगर पालिकाका मेयर हर्कराज राई (हर्क साम्पाङ्ग) को तस्विर सगरमाथाको चुचुरोमा पुगेको छ। सगरमाथा आरोही विजय घिमिरेले विक्रम संवत २०८२ जेठ ५ गते नेपाली समय बिहानको ८:५२ र चाइनाको समय ११:२७ बजे आइतबारका दिन विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा धरान उप-महानगर पालिकाको लोगो र नगर प्रमुख राईको तस्विर पुर्र्याएका हुन्।
सोलु जिल्लामा जन्मिएका सगरमाथा आरोही विजय घिमिरेको यो चौथो पटक सफल सगरमाथा आरोहण हो। उनले यो भन्दा अगाडि ३ पटक सफलताको साथ सगरमाथा आरोहण गरि सकेका थिए ।
घिमिरे मेयर हर्क साम्पाङ्गका शुभ…