जितेन बान्तावाको “आमा” सार्वजनिक

1 4,020

काठमाडौ – गायक तथा संगीतकार जितेन बान्तावाको स्वरमा “आमा” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । आमाको मुख हेर्ने दिनको अवसर पारेर गायक बान्तावाले उक्त गीतको म्युजिक भिडियो सार्वजनिक गरेका हुन् । जितेन बान्तावा गायक तथा संगीतकार मात्रै नभएर एक समाजसेवीको रुपमा पनि चिर परिचित छन् ।

सार्वजनिक गीतमा संगीत पनि गायक बान्तावाकै रहेको छ भने यो गीतको शब्द रचना भने प्रतिमा गुरुङले गरेकी हुन् । स्काई रेकर्डिङ्ग स्टुडियोमा रेकर्ड गरिएको यो गीतलाई एरेन्ज भने पावल चाम्लिङ्गले गरेका हुन् ।

गायक बान्तावा र सोना पालुङ्गवाको फिचरिङ्ग रहेको यो गीतको म्युजिक भिडियोको कन्सेप्ट पनि गायक बान्तावाले नै तयार पारेका हुन् । केशव विश्वकर्माले छायांकन गरेको म्युजिक भिडियोलाई सम्पादन पनि विश्वकर्माकै रहेको छ । सार्वजनिक म्युजिक भिडियोको निर्देशन पनि गायक बान्तावाले नै गरेका हुन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...