माङ्पा/नछुङहरुको सुनसरी मोरङ र झापाका छुट्टाछुटै तदर्थ समिती गठन

0 600

ईटहरि / सुनसरी
“मुन्दुम रिसिया,संस्कृति तथा किरात सभ्यता संरक्षण र पुस्तान्तरण आजको आवश्यकता” भन्ने मूल नाराका साथ माङ्पा / नछुङ विजुवाहरुको भेला सम्पन्न भएको छ। उक्त भेलाले सुनसरी मोरङ र झापा ३ जिल्लाका छुट्टाछुटै तदर्थ समिती समेत गठन गरेको छ।

ईटहरी स्थित ओशियन पार्कमा बसेको भेलाले जोकमान राईको संयोजकत्वमा १० सदस्यीय (माङपा संरक्षण समिती सुनसरी) साथै सुरज राई संयोजकत्वमा ५ सदस्यीय (माङपा संरक्षण समिती झापा) जीतमान राईको संयोजकत्वमा ५ सदस्यीय (माङपा संरक्षण समिती मोरङ) र गर्जमान राईको संयोजकत्वमा (माङ्पा संरक्षण समन्वय समिती सुनसरी मोरङ झापा ) गठन गरेको हो ।

किरात संस्कृति पुनर्जागरणको अभियान लिएर किरात सांस्कृतिक क्रान्ती मार्फत महान किरात सभ्यताको जग पुनर्स्थापना गर्ने उदेश्य सहित उक्त तदर्थ समिति गठन गरिएको आयोजकले जनाएको छ। विश्वभरीको किरातीहरुको साझा सांस्कृतिक संस्था (किरात सभ्यता,संस्कृति तथा मुन्दुम संरक्षण केन्द्र)ले किरातीहरुको सांस्कृतिक नायकहरु मुन्दुमी नछुङ/नाक्छो/नाक्छोङ/माङ्पा/नागिरे/माबि/कुबी/दोवा/पासिङ/ज्वाम्चो/वाटाङ्पा/बुङपेन्मि/मोपो/तङसाबुङ/येबा/येमा/फेदाङमा लगायत समग्रमा धामी बिजुवाहरुलाई संस्थागत रुपमा संगठित गर्न माङ्पा संरक्षण समिती सुनसरी, मोरङ,झापामा चयन भएका नक्छुङ-माङ्पा धामी बिजुवाहरुलाई माङ्पा परीचय पत्र समेत वितरण गरिएको छ।

कार्यक्रममा माङ्पा/नछुङ किरात सभ्यता,संस्कृति तथा मुन्दुम संरक्षण केन्द्र माङ्पा संरक्षण समितीको केन्द्रिय संयोजक ढक बहादुर राईको सभाध्यक्षतामा,किरात राई यायोक्खा केन्द्रिय समिती सदस्य ज्ञान किरातीको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विभिन्न भद्रभलादमी विद्वान बुद्धिजिबी किरात सांस्कृतिक अभियन्ताहरुको उपस्थिति रहेको थियो।

किरात सभ्यता संस्कृति तथा मुन्दुम संरक्षण केन्द्रको कोषाध्यक्ष रीता राराहाङ राई,समन्वय समिती सदस्य सेन्मिहाङ राई, बिमल किराती, केन्द्रिय सदस्य रमेश राई,साल्पा सिलिचुङ सरोकार संरक्षण तथा प्रवर्दन केन्द्र अन्तराष्ट्रिय समितीका कोषाध्यक्ष संगिता नाछिरिङ राई लगायतको उपस्थिति रहेको थियो।

माङ्पा संरक्षण समिती सुनसरीमा नवगठित पदाधिकारी तथा सदस्य नक्छुङ-नक्छुङ्मा-माङ्पा-माङ्माहरु
प्रमुख सल्लाहकारः- रण बहादुर बोखिम राई ( मोरङ/आसाम भारत) संयोजक:-जोकमान राई (माङ्पा) सह-संयोजक:- मित्र राज राई(माङ्पा) सचीव :- गणेश बहादुर राई( माङ्पा) कोषाध्यक्ष :- कुमार थुलुङ राई (माङ्पा) सदस्य :- गिता राई(नक्छुङमा) सदस्य :- बसन्त राई (माङ्पा) सदस्य :- चित्र बहादुर राई (माङ्पा) सदस्य :- बुद्धि कुमारी राई (नक्छुङमा ) सदस्य :- रहरी राई( नक्छुङमा) सदस्य :- कुमार राई (माङ्पा)

माङ्पा संरक्षण समिती झापामा नवगठित पदाधिकारी तथा सदस्य नक्छुङ-नक्छुङ्मा-माङ्पा-माङ्माहरु
संयोजक:- सुरज राई (माङ्पा) सह-संयोजक:- देऊ कुमार चाम्लिङ राई(नक्छुङ) सचीव :- हाङ्छा राई( माङ्पा) कोषाध्यक्ष :- भिम बहादुर राई (माङ्पा) सदस्य :-हर्क लाल ताम्ले राई (माङ्पा)

माङ्पा संरक्षण समिती मोरङमा नवगठित पदाधिकारी तथा सदस्य नक्छुङ-नक्छुङ्मा-माङ्पा-माङ्माहरु
संयोजक:- जीतमान राई (माङ्पा) सह-संयोजक:- मणि राज राई (माङ्पा) सचीव :- सिसन राई (माङ्पा) कोषाध्यक्ष :-लक कुमार राई (माङ्पा) सदस्य :-सुर्ज माया नाछिरिङ राई(नक्छुङमा)

माङ्पा संरक्षण समन्वय समिती सुनसरी मोरङ झापाको नक्छुङ-नक्छुङ्मा-माङ्पा-माङ्माहरु
अध्यक्षः- गर्जमान राई( इटहरी ) सचीबः- अर्जुन राई (इटहरी ) कोषाध्यक्षः- कमला राई(इटहरी २० तरहरा) सदस्यः- नीर बहादुर राई(झापा) सदस्यः-अन्जु कला राई( इटहरी) सदस्यः-चन्द्र प्रसाद राई( झापा) सदस्यः-धन कुमार राई( धरान १३)
सदस्यः-सिम्रन राई(मोरङ) सदस्यः- हर्क बहादुर राई( मोरङ) सदस्यः- सेन्मिहाङ राई (धरान)
सदस्यः- बिमल खालिङ (ईटहरी) रहेका छन्।

Loading...