क्यान्सरलाई जितेपछि कोपिला नाचिन् छमछमी (भिडियो सहित)
काठमाडौ – क्यान्सरलाई जितेर पुनर्जीवन पाएकी कोपिला गौतमले “नाचौं छम छम छम” बोलको नयाँ तीज गीत बजारमा ल्याएकी छन् । गीतको म्युजिक भिडियो कोपिला गौतम युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ ।
साँस्कृतिक चाड तीजलाई लक्षित गरी बजारमा आएको गीतमा गायिका गौतमको एकल स्वर रहेको छ । गीतको शव्द रचना र संगीत गोविन्द मधुर आचार्यले गरेका हुन् ।
गत वर्ष गायिका कोपिला गौतम जीवन र मृत्युको दोसाँधमा थिइन । चौथो स्टेजको क्यान्सरले ग्रस्त उनलाई सात घण्टा लामो सफल अप्रेसन गरिएको थियो ।
सार्वजनिक म्युजिक भिडियोको निर्देशन चर्चित कलाकार तथा निर्देशक शंकर विसीले गरेका छन् । म्युजिक भिडियोमा टिका जैसी र अनु पराजुली लगायतले अभिनय गरेका छन् ।
ओजपूर्ण शब्द, कर्णप्रिय संगीत, सुमधुर स्वर र सशक्त अभिनय रहेको यस गीतको म्युजिक भिडियो सार्वजनिक भएपछी अत्यन्तै राम्रा प्रतिक्रियाहरु आईरहेका छन्।
“जीवन साँचे हाँस्न नाँच्न पाईंदो रहेछ । मरेर कसैले केही लाँदैन बाँचुन्जेल कसैलाई नरुवाउँ सके बरु नचाऔं, हँसाऔं, बचाऔं भन्ने झन बढी महसुस गरेकी छु,” गायिका गौतमले गीत सार्वजनिक भए पछि भनिन् ।
लोक, दोहोरी तथा आधुुनिक गीत संगीतमा परिचित गायिका गौतमले केही बर्षयता साँस्कृतिक तीज गीतमा फरक पहिचान बनाउन सफल भएकी छन् । यसअघि गायिका गौतमले “पोखरा फेवाताल”, “आमाले पकाको दर राम्रो” ” मेरै घरमा बसेर दर खाउँला” चौतारी ताकेर जस्ता लोकप्रिय तीज गीतहरु बजारमा ल्याई सकेकी छन् ।
गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला