‘खोटाङ सांगीतिक साँझ २०७९’ हुदै, विदेशको सांगीतिक भ्रमण रोकेर राजेश पायलले प्रस्तुति दिने

१३० जना भन्दा बढि कलाकारहरुको सांगीतिक प्रस्तुति हुने

0 1,001

काठमाडौ – खोटाङ्ग कलाकार समाजले काठमाडौमा ‘खोटाङ सांगीतिक साँझ २०७९’ को आयोजना गर्ने भएको छ । समाजले पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । कार्यक्रम प्रज्ञाभवन कमलादीमा भदौ ४ गते हुने छ ।

खोटाङ कलाकार समाजको कल्याणकारी कोष निर्माणको उद्देश्यसहित सांगीतिक साँझ गर्न लागिएको समाजका अध्यक्ष, गायक तथा संगीतकार रुपकुमार राई बताएका छन् ।

कार्यक्रममा वरिष्ठ अग्रज गायक बच्चु कैलाश, मेघा स्टार गायक राजेश पायल राई, प्राज्ञ सदस्य तथा गायिका सत्यकला राई, पार्वती राई लगायत १३० जना भन्दा बढि खोटाङ्गे कलाकाहरुको प्रस्तुति रहने बताईएको छ । गायक राजेश पायल राईले यहि कार्यक्रमको लागि भनेर युरोप अमेरिकाको सांगीतिक भ्रमण रोकेर कार्यक्रममा प्रस्तुती दिने बताईएको छ।

सांगीतिक साँझ घोषणा कार्यक्रममा अध्यक्ष राईसहित समाजका सल्लाहकारहरु महेश खड्का, शशी गुरुङ, गायक तथा संगीतकार प्राज्ञ शान्तिराम राई, प्राज्ञ सदस्य एवं गायिका सत्यकला राई, गायिका पार्वती राई, गायक तथा समाजका महा-सचिव धर्मराज पोखरेल लगायत दर्जनौ कलाकारहरु, पत्रकार र सर्वसाधारणको उपस्थिति थियो ।

भिडियो

Loading...