टिकटक डान्स टेलेण्ट नेपालको विजेताहरुलाई पुरस्कार वितरण

0 621

काठमाडौ – टिकटक डान्स टेलेण्ट नेपालको विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ। काठमाडौमा एक कार्यक्रम गरेर टिकटक डान्स प्रतियोगिताको विजेताहरुलाई नगद, ट्रफी खादा र सम्मान पत्र सहित पुरस्कृत गरिएको हो।

टिकटक डान्स प्रतियोगितामा नेपाल भरि बाट १५० भन्दा धेरैको सहभागिता रहेकोमा त्यहि सहभागी मध्ये टिकटक लाईभ बाटै दर्शकहरुको लाईक कमेन्टको आधारमा विजेता छानिएको थियो।

पनौतीकी रिया श्रेष्ठ प्रथम, चितवनकी एरिना भण्डारी द्वितीय, उदयपुरकी अञ्जना राई तृतीय र पोखराकी छवि गुरुङले सान्त्वना पुरस्कार जितेकी थिईन् । विजेताहरुलाई पत्रकार ईन्द्र जिजीबिषाले पुरस्कार प्रदान गरेका थिए।

यो पहिलो सिजन भएको र अब दोस्रो सिजन देखि पुरस्कार राशि बढाएर स्कुटि, सुनको सिक्री लगायत पुरस्कार राखिने आयोजक टासी इलावा शेर्पाले हामीलाई बताएका छन् ।

कार्यक्रममा प्रत्यक्ष- अप्रत्यक्ष रुपमा सहयोग गर्नुहुने सहयोगीहरुलाई समेत सम्मान पत्र र खादाले सम्मान गरिएको थियो।

कार्यक्रम देवी कटुवालको सभापतित्वमा प्रमुख अतिथि ईन्द्र जिजीबिषा र अनलाईन प्रमुख अतिथि साजन गोले तामाङ्ग रहेका थिए भने कार्यक्रम संचालन चर्चिक गायिका मेनुका राईले गरेकी थिईन्।

Loading...