नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानद्वारा ६ जना स्रष्टाहरु सम्मानित

0 1,013

काठमाण्डौ – सम्माननिय उप राष्ट्रपति रामसहाय प्रसाद यादवको प्रमुख आतिथ्यतामा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले ६ जना स्रष्टाहरुलाई सम्मान तथा पुरस्कृत गरेको छ । संगीत, नाट्य, नृत्य र रङ्गमन्च विधामा विगत लामो समय देखि लागेर अतुलनिय योगदान गरे वापत स्रष्टाहरुलाई पुरस्कृत र सम्मान गरेको हो।

पुरस्कृत र सम्मानित हुने स्रष्टाहरुमा नविन किशोर राई (लोक संगीत विधा) गणेश रसिक (संगीत विधा) विजय कुमार श्रेष्ठ (परम्परागत शास्त्रीय संगीत विधा ) भैरव क्षेत्री (रङ्गमन्च विधा) कुलमान नेपाली (नृत्य विधा) प्र डा रामचन्द्र पोखरेल ( नाट्य विधा ) रहेका छन्।

कार्यक्रममा प्रमुख अतिथि सम्माननिय उप राष्ट्रपति रामसहाय प्रसाद यादव र नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानको कुलपति निशा शर्माले नगद, ताम्रपत्र र र खादाले पुरस्कृत स्रष्टाहरुलाई पुरस्कृत र सम्मान गरेका हुन् ।

कार्यक्रम नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका सदस्य सचिव कुश्मा महराले संचालन गरेकी थिईन् भने वरिष्ठ गायक तथा उप कुलपति शम्भु राईले स्वागत मन्तव्य दिएका थिए ।

भिडियो फोटो

Loading...