लघु चलचित्र “गौरव” युट्युवमा सार्वजनिक

0 1,024

काठमाडौ – नेपाल आर्मी सर्ट मुभी प्रतियोगिता २०७६ मा उत्कृष्ट ५ भित्र पर्न सफल भएको लघु चलचित्र “गौरव” युट्युवमा सार्वजनिक गरिएको छ । देशको रक्षाका लागि आफ्नो सारा जीवन नै सर्मपित गर्ने नेपाल आर्मीका दुख सुखका पाटोलाई समेटिएको कथा रहेको लघु चलचित्रले धेरैको मन छोएको छ ।

उत्कृष्ट ५ भित्र पर्न सफल लघु चलचित्रको लेखन सम्पादन र निर्देशन अनिल कुमार महर्जन गरेका हुन् । अनिल कुमार महर्जनले थुप्रै म्युजिक भिडियोको निर्देशन पनि गरिसकेका छन्। यो लघु चलचित्रमा प्रमिसा राई, मिन कुमार थापा, संगीता थापा, सरोज मौली, लगायतको अभिनय रहेको छ भने बाल कलाकारमा अनुज महर्जनको अभिनय गरेका छन् ।

सागर प्याकुरेलको पठकथा रहेको सर्ट मुभीका प्रमुख सह–निर्देशन दिपेन महर्जनले गरेका छन् । शान्ति महर्जनको निर्माण रहेको सर्टमूभिको छायाँकन राहुल राईले गरेका हुन् । जसमा पाश्र्व संगीत बिनोद कुमार भुजेलको रहेको छ ।

लघु चलचित्र “गौरव” यहाँ हेर्नुहोला

Loading...