“खासाको बजार” बोलको म्युजिक भिडियो सार्वजनिक

काठमाडौ- "खासाको बजार" बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ। सुदिप लामा र लमु शेर्पाको स्वरमा रहेको उक्त गीतको म्युजिक भिडियो सार्वजनिक भएको हो । रिक्देन पाख्रिनको शब्द रचना र जोग्ला लामाको संगीत तथा एरेन्ज रहेको गीतलाई अर्पण थिङ्गले मिक्सिङ्ग गरेका छन्। सुदिप लामा, कुन्साङ्ग लामा, मिन बहादुर बोम्जन र निरमाया तितुङ्गको मुख्य भूमिका रहेको म्युजिक भिडियोलाई कृष्ण ब्लोनको सम्पादन र पाल्देन लामाको निर्देशन रहेको छ। गीतको म्युजिक भिडियोलाई काठमाडौको जोरपाटी स्थित बर्गर हाउसको हलमा एक कार्यक्रम गरेर सार्वजनिक गरिएको हो।…

नुवाकोटमा चुनावी गरमागरम, प्रमुख राजनीतिक दल संग सुमन पाण्डेको कडा प्रतिस्पर्धा हुने

सिलिचुङ्ग टिभि / नुवाकोट। आगामी मङ्सिर ४ मा हुन गइरहेको प्रतिनिधि सभा र प्रदेश सभा चुनावको लागि नुवाकोटमा गरमागरमी बढेको छ। प्रमुख राजनीतिक दलहरु राष्ट्रिय स्वतन्त्र पार्टीबाट सुमन विक्रम पाण्डे, गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका अर्जुन नरशिंह केसी, नेकपा एमालेको तर्फ बाट नारायण प्रसाद खतिवडा, राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट झनक प्याकुरेल लगायत उम्मेदवार रहेको नुवाकोट क्षेत्र नम्बर दुई अन्तरगत चुनावी प्रतिस्पर्धा रोचक हुने देखिएको छ। नुवाकोट जिल्लाको दुईवटै क्षेत्रमा गरेर प्रतिनिधिसभातर्फ २८ र प्रदेशसभातर्फ ३५…

क्यान्सरलाई जितेपछि कोपिला नाचिन् छमछमी (भिडियो सहित)

काठमाडौ - क्यान्सरलाई जितेर पुनर्जीवन पाएकी कोपिला गौतमले “नाचौं छम छम छम” बोलको नयाँ तीज गीत बजारमा ल्याएकी छन् । गीतको म्युजिक भिडियो कोपिला गौतम युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । साँस्कृतिक चाड तीजलाई लक्षित गरी बजारमा आएको गीतमा गायिका गौतमको एकल स्वर रहेको छ । गीतको शव्द रचना र संगीत गोविन्द मधुर आचार्यले गरेका हुन् । गत वर्ष गायिका कोपिला गौतम जीवन र मृत्युको दोसाँधमा थिइन । चौथो स्टेजको क्यान्सरले ग्रस्त उनलाई सात घण्टा लामो सफल अप्रेसन गरिएको थियो । सार्वजनिक म्युजिक भिडियोको निर्देशन चर्चित कलाकार तथा…

‘खोटाङ सांगीतिक साँझ २०७९’ हुदै, विदेशको सांगीतिक भ्रमण रोकेर राजेश पायलले प्रस्तुति दिने

काठमाडौ - खोटाङ्ग कलाकार समाजले काठमाडौमा 'खोटाङ सांगीतिक साँझ २०७९' को आयोजना गर्ने भएको छ । समाजले पत्रकार सम्मेलन गरेर उक्त जानकारी गराएको हो । कार्यक्रम प्रज्ञाभवन कमलादीमा भदौ ४ गते हुने छ । खोटाङ कलाकार समाजको कल्याणकारी कोष निर्माणको उद्देश्यसहित सांगीतिक साँझ गर्न लागिएको समाजका अध्यक्ष, गायक तथा संगीतकार रुपकुमार राई बताएका छन् । कार्यक्रममा वरिष्ठ अग्रज गायक बच्चु कैलाश, मेघा स्टार गायक राजेश पायल राई, प्राज्ञ सदस्य तथा गायिका सत्यकला राई, पार्वती राई लगायत १३० जना भन्दा बढि खोटाङ्गे कलाकाहरुको प्रस्तुति रहने…

टिकटक डान्स टेलेण्ट नेपालको विजेताहरुलाई पुरस्कार वितरण

काठमाडौ - टिकटक डान्स टेलेण्ट नेपालको विजेताहरुलाई पुरस्कार वितरण गरिएको छ। काठमाडौमा एक कार्यक्रम गरेर टिकटक डान्स प्रतियोगिताको विजेताहरुलाई नगद, ट्रफी खादा र सम्मान पत्र सहित पुरस्कृत गरिएको हो। टिकटक डान्स प्रतियोगितामा नेपाल भरि बाट १५० भन्दा धेरैको सहभागिता रहेकोमा त्यहि सहभागी मध्ये टिकटक लाईभ बाटै दर्शकहरुको लाईक कमेन्टको आधारमा विजेता छानिएको थियो। पनौतीकी रिया श्रेष्ठ प्रथम, चितवनकी एरिना भण्डारी द्वितीय, उदयपुरकी अञ्जना राई तृतीय र पोखराकी छवि गुरुङले सान्त्वना पुरस्कार जितेकी थिईन् । विजेताहरुलाई पत्रकार ईन्द्र…

चलचित्र काख्रे (गंगटो) को ट्रिजर सार्वजनिक

काठमाडौ - तामाङ्ग भाषाको चलचित्र काख्रे (गंगटो) को ट्रिजर सार्वजनिक भएको छ। विभिन्न चलचित्रकर्मीहरु, बौद्धिक वर्ग र पत्रकारहरुको बीच एक कार्यक्रम गरेर उक्त चलचित्रको ट्रिजर सुक्रबार सार्वजनिक गरिएको हो। गाउँ बाट शहर पसेका एक तामाङ्ग युवाको कथा हो काख्रे। विभिन्न जिल्लाबाट काठमाडौ आएका युवाहरुको जीवन यापन र संघर्षलाई यस चलचित्रमा देखाउन खोजिएको निर्माण पक्षले जानकारी दिएका छन्। निर्माण पक्षका अनुसार चलचित्र राजधानीको व्यास्त ठमेल बाट सुरु हुन्छ। बिरामी आमाको उपचार खर्च कमाउन शहर आएका युवा र गाउँ बाट शहर आएका काख्रे पात्रको…

मुक्तक : स्मृति राई `ठुलीकान्छी´

मुक्तक हरेक दिन अनि हरेक रात, याद आउँछ तिम्रो। दुनियाँ भएपनि मेरो साथ, याद आउँछ तिम्रो।। कति सजिलै संग भन्छौ भुलिदेउ मलाई भनेर हजारौं हजार लाखौं लाख याद आउँछ तिम्रो। #स्मृति राई `ठुलीकान्छी´ उदयपुर कटारी नगरपालिका ९, नौ राउतखर्क फिक्कल

छोरी हुँ म किरातीको – ममता राई “यात्री”

छोरी हुँ म किरातीको छोरी हुँ किरातीको लाउछु शिरफुल सिरमा इज़्ज़त राख्छु किराती कै दिन्न मैले गिर्ना ॥ चिनाउनेछु देशको नाम फिजाउने छु संस्कार ॥ छोरी हुँ म किरातीको बोल्छु भाषा आफ्नै शिर उठाउछु पुर्खाहरुको , सबको गर्छु भलाई ॥ पुजा गर्छु पितृहरुको रक्षा संस्कृतीको ॥ छोरी हुँ म किरातीको लाउछु ढुंग्री मुन्द्री सिकाउछु रितीरिवाज फिजाउछु ध्वनि॥ छोरी हुँ म किरातीको हिमायती किराती कै लेख्छु गित इतिहासको किराती कै योगदानको ॥॥ ममता राई "यात्री"

मंगोल नेशनल अर्गनाईजेशन डा.गोपाल गुरुङ (एमएनओ -डिजिजी) ले बैशाख १५,१६ र १७ गते

काठमाडौ - लोकतन्त्र, धर्म निरपेक्ष र प्रान्तीय सरकार भन्ने मूल नाराको साथ मंगोल नेशनल अर्गनाईजेशन डा.गोपाल गुरुङ (एमएनओ -डिजिजी) ले बैशाख १५,१६ र १७ गते राष्ट्रिय महाधिवेशन गर्ने भएको छ। उक्त महाधिवेशन काठमाडौको खुल्ला मन्चमा गर्ने भएको हो। मंगोल नेशनल अर्गनाईजेशन डा गोपाल गुरुङ (एमएनओ -डिजिजी) को यो पाँचौ राष्ट्रिय महाधिवेशन हो। कार्यक्रमको उद्घाटन ज्यापु समाज यल ललितपुरको भवनमा बैशाख १५ गते बिहानको १० बजे हुने आयोजकले बताएको छ। बैशाकः १७ गते खुल्ला मन्चमा हुने बताईएको छ। मंगोल नेशनल अर्गनाईजेशन डा गोपाल गुरुङ (एमएनओ…

“वाबुक बि आराख टुङ्गमागो ” बोलको गीत सार्वजनिक

काठमाडौ - मेघा स्टार "राई इज किङ्ग" राजेश पायल राई र चर्चित गायिका रचना रिमालको स्वरमा रहेको गीत "वाबुक बि आराख टुङ्गमागो " बोलको गीत सार्वजनिक भएको छ। उक्त शब्द किरात राई दुङ्गमाली भाषा बाट लिएको हो। गीतकार सुगम राईको शब्द रचनामा तयार भएको गीतलाई संगीतकार खगेन्द्र थामीले संगीत गरेका हुन्। गीत अत्यान्तै कर्णप्रिय रहेको छ। सार्वजनिक गीतमा बाबुल गिरीको एरेन्ज र मुस्कान मुकारुङ्गले मिक्सिङ्ग मास्टरिङ्ग गरेका हुन्। चर्चित कलाकार उमेश राई "फुलन्देको आमा" र अनुषा राईको मुख्य भूमिका रहेको यो गीतको म्युजिक भिडियोमा संगीतकार…