Browsing Category

Uncategorized

अप्रेसन गीत-संगीतको-१ (“लुट्न सके लुट कान्छा” गीत सन्दर्भमा)

- ईन्द्र नार्थुङ्गे हिजो मिती २०७५ साल फागुन ५ गते आइतबार, अघिल्लो दिन मात्रै यूटुवबाट हटाइएको पशुपति शर्माको गीत "लुट्नसम्म लुट कान्छा, अरु देशमा पाइन्दैन नेपालमै छ छुट" बोलको गीत काठमाण्डौको सडकमा बजाएर छमछम नाचिरहेको दृश्य टिलिभिजनको स्क्रीनमा देख्दा लाजले रातो-पिरो भएँ । मेरो छेवैमा कुनै विदेशी हुन्थ्यो र उसले गीतको भाव बुझ्थ्यो भने मेरो हालत अझै कस्तो हुन्थ्यो होला ? म आफैले "दुष्ट नेता र भ्रष्ट प्रशासकको लास आर्यघाटमा जलिरहँदा लासमाथि जल्दै गरेको फूल हाँसिरहेको विम्ब खिचेर कविता लेखेको छु ।"…

गौँथली चरीका साथ निरू र तेजेन्द्र (भिडियोसहित)

काठमाडौ -  चर्चित गायक तेजेन्द्र गन्र्धव र गायिका निरु चौहान ‘गौँथली चरी ए कठै बरी बस्यो कि निदालमा’ बोलको गीत लिएर आएका छन् । पूर्वेली लोकलयमा आधारित उक्त गीतमा प्रदीप तुखेसा रैकर बरीको शब्द र कृष्णभक्त राईको सङ्गीत रहेको छ । सङ्गीतकार राईकै संगीत संयोजन रहेको सो गीत ‘भाकाहरू नामक’ युटुब च्यानलबाट सार्वजनिक भएको छ । यो च्यानल युवा गीतकार तथा म्युजिक भिडियो निर्देशक जीवन मुकारुङले आरम्भ गरेका हुन् । भिडियोको निर्देशन, छायांकन तथा सम्पादन मुकारुङ स्वयंको रहेको छ । भिडियो यहाँ हेर्नुहोस 

कालीञ्चोकमा व्यावसायिक रुपमा केवलकार सञ्चालनमा

जिरी १७ कात्तिक - दोलखाको धार्मिक तथा पर्यटकीय क्षेत्र कालीञ्चोकमा व्यावसायिक रुपमा केवलकार सञ्चालनमा आएको छ । दशैंँअघि परीक्षण गरिएको केबुलकार व्यावसायिक रुपमै सञ्चालनमा आएको हो । केबलकार सञ्चालनमा आएपछि जिल्लाको कालीञ्चोक गाउँपालिकास्थित कुरी हुँदै कालीञ्चोक र कालीञ्चोक हुँदै कुरी आवतजावत गर्ने दर्शनार्थी र पर्यटकलाई सहज भएको छ ।

सीता कुमारी तुम्बापो पन्धाकको थात्थलो ट्रेलर सार्वजनिक

काठमाडौ - पुर्बि नेपाल झापामा हुर्केकी सिताकुमारी तुम्बापो पंधाक नेपाली भाषा संस्कृति र कला क्षेत्रमा अभिरुची राख्ने र नेपाली कला जगतमा केही गर्छु भन्दै अघि बढेकी उनी अन्तत नेपाली कथानक चलचित्र "थात्थलो" निर्माण गर्न सफल भएकी छन् । हङकङ र युकेलाई कर्म थलो बनाएर कर्म गरिरहेकी उनी यो फ्लिम लगत्तै अर्को पनि फ्लिम निर्माण गर्ने कुरा बताउछिन् । सानै देखि कला संगीतलाई एकदमै रुचाउने उनी तर परिस्थिति बस वा आफ्नो सुनौलो भविष्यको खोजीमा परदेशिनु पर्ने बाध्यता र छोराछोरीको सुन्दर भविष्यको खातिर यहीँ क्षेत्रमा जम्न नपाए पछि केही समयको…