Trending
- साल्पा सिलिचुङ्ग परियोजना शुभारम्भ कार्यक्रम सम्पन्न
- “बुद्ध र भिखारी” नाटक मण्डला थिएटरमा प्रस्तुत गर्ने तयारी
- चलचित्र ‘काँडेतार’को शीर्ष गीत सार्वजनिक
- उर्मिला खालिङ र हेमन्त खालिङको दुई खालिङ गीत सार्वजनिक
- अजय अलङकारको सानीवा (हृदय) सार्वजनिक
- “खासाको बजार” बोलको म्युजिक भिडियो सार्वजनिक
- नुवाकोटमा चुनावी गरमागरम, प्रमुख राजनीतिक दल संग सुमन पाण्डेको कडा प्रतिस्पर्धा हुने
- क्यान्सरलाई जितेपछि कोपिला नाचिन् छमछमी (भिडियो सहित)
- ‘खोटाङ सांगीतिक साँझ २०७९’ हुदै, विदेशको सांगीतिक भ्रमण रोकेर राजेश पायलले प्रस्तुति दिने
- टिकटक डान्स टेलेण्ट नेपालको विजेताहरुलाई पुरस्कार वितरण
Browsing Category
ब्यानर न्युज
प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापुङद्वारा शुभम ट्रेडिङ तथा होमस्टेको उद्घाटन
खोटाङ, १० मंसिर । प्रदेश नं. १ का प्रमुख माननीय परशुराम खापङद्वारा शुभम ट्रेडिङ सेन्टर, अग्र्यानिक क्याफे, कस्टम हायरिङ र होमस्टेको उद्घाटन गर्नुभएको छ ।
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका वडा नं. २ सोल्मामा स्थापित शुभम फाउण्डेशन अन्तगर्गत चलेका ट्रेडिङ, क्याफे, कस्टम हायरिङ र होमस्टेको उद्घाटन गर्नुभएको हो ।
शुभम फाउण्डेशन शुभद्रा राई तथा कृषि वैज्ञानिक मदन राईले निर्माण गरेका हुन् । फाउण्डेशनले सञ्चालन गरेको जनजागृति माध्यमिक विद्यालयमा १८३ विद्यार्थीले अभ्याससहितको अध्ययन गरिरहेका छन् । विद्यार्थीले गाइबारे अध्ययन…
किरात राई यायोख्खाद्वारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न (फोटो फिचर )
काठमाडौ - किरात राई यायोख्खाद्वारा आयोजित देउसी भैलो कार्यक्रम सम्पन्न भएको छ। किरात राई यायोख्खा केन्द्रीय कार्यसमिति द्वारा आयोजना हुन गईरहेको "किरात राई तेस्रो अन्तराष्ट्रिय सम्मेलन" सहयोगार्थ उक्त कार्यक्रम आयोजना गरिएको थियो। कातिक २७,२८ र २९ गते राष्ट्रिय सभा गृहमा किरात राईहरुको अन्तराष्ट्रिय सम्मेलन हुने छ।
देउसी भैलो कार्यक्रममा सरकारका उच्च पदस्थ व्याक्तित्व, समाजसेवी, ब्यापारी र सर्वसाधरण बाट ६ लाख भन्दा बढि रकम दान वापत संकलन भएको छ।
फोटो फिचर
…
दलित प्रतिनिधिहरुलाई खादा,टिका लगाएर सम्मान पत्र सहित घर भित्र प्रवेश गराई सामुहिक भोजन
काठमाडौ - समाजसेवी बाबूकृष्ण खत्रीले दलितहरुलाई आफ्नो घरमा प्रवेश गराएर छुवाछुत अन्त्यको सुरुवात गरेका छन् । भक्तपुरको चाँगुनारायण नगर पालिका वडा नं ८ स्थित आफ्नो घरमा खादा,टिका लगाई सम्मान पत्र सहित सामुहिक भोजन गराएर यसको सुरुवात गरेका हुन्। कानुनत नेपालको संविधानले छुवाछुतको अन्त्य गर्दै कुनै पनि विभेद गर्न नपाउने भनिएपनि व्यवहारमा अझै अन्त्य हुन बाँकी रहेकोले समाजले दलित भनिएकाहरुलाई आफ्नो घरमा प्रवेश गराएर खत्रीले सामुहिक भोजन गरेका हुन्।
धेरै पहिला देखिको आफ्नो सोचाईलाई पुरा गर्न पाएकोमा आफूलाई धेरै खुशी लागेको…
किरात, खम्बु, राय, राई
किरात, खम्बु, राय, राई र जातीय एकता बारे
घर झगडा सानै कारणबाट शुरु हुन्छ । समयमा यसले समाधान पाएन भने यस्तो झगडाले परिवारको भविश्यलाई नै ध्वस्त बनाउँछ । यतिबेला एकैघरका सदस्यहरु कोही राई होइनौ, किरात हौं भन्दै हुनुहुन्छ । कोही किराती होइनौ खम्बु हौं भन्दै हुनुहुन्छ । खासगरि किरात राई यायोक्खाले ‘राई’ पहिलादेखि नै जात भएको तर्क प्रस्तुत गर्दै राई होइनौ भन्नेहरुलाई अस्विकार गर्दै आएको छ । खम्बु भन्न रुचाउनेहरुले किरातको दुई पन्ने इतिहास स्विकार गर्दैनौ भन्नु हुन्छ । यी धेरै वटा विवादको बीचमा अहिले हामी अल्झेका छौं ।…
ब्याकहोय लोडर चलाउदै दिपा
भक्तपुरको सानोठिमीस्थित युसेप नेपाल अन्तरगत संचालित प्राविधिक शिक्षालयमा ब्याकहोय लोडर चलाउन सिकिरहेकी छन् दीपा वाग्ले अधिकारी । इटहरीमा ई-रिक्सा चलाइरहेकी उनी हेभी मेसिन ब्याकहोय लोडर चलाउन सिक्ने छात्रवृति पाएपछि भक्तपुर आएकी हुन् ।
सधै केहि न केहि नयाँ काम गर्न चाहने दिपा यो भन्दा अघि पनि ब्याकहोय लोडर चलाउन सिक्नकै लागि इटहरी उप-महानगरपालिकामा सह-चालक भएर केही समय काम गरेकी थिईन् ।
अहिले प्रशिक्षणको अन्तिम चरणमा रहेकी दिपा अब लाईसेन्स लिएर ब्याकहोय लोडर चलाउने बताउछिन् । आफूलाई सानै देखि ब्याकहोय लोडर चलाउने रहर भएको…
अभिनेता नवल खड्काले प्रचण्ड र महरालाई भेटी चलचित्र क्षेत्रलाई चलायमान बनाउन र MCC राेक्न गरे आग्रह
२७ श्रावण, काठमाडौं । सिमानामा काँडेतार अभियानका संयोजक तथा चलचित्र कलाकार संघका नि. अध्यक्ष एवं नायक/ निर्माता नवल खड्काले पूर्व प्रधानमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दहाल प्रचण्ड र पूर्व सभामुख कृष्णबहादुर महरालाई भेट गरी लकडाउनका कारण धराशायी बनेको चलचित्र क्षेत्रलाई चलायमान बनाउन र नेपाली मौलिक चलचित्रहरुको प्रवर्द्धनका लागि विशेष पहल गरिदिन आग्रह गर्नु भएको छ ।
बुधबार प्रचण्ड निवास पुगी अभिनेता खड्काले नेपाली समग्र चलचित्र क्षेत्रको समस्या र चुनौतीबारे व्याख्या गर्दै राज्यले…
अपाङ्ग सेवा केन्द्रलाई भोजन तथा आर्थिक सहयोग, पत्रकारलाई सम्मान
सिलिचुङ्ग टिभि / काठमाडौ - काठमाडौको तारकेश्वर स्थित अपाङ्ग सेवा केन्द्रमा रहेका अपाङ्गहरुलाई भोजन तथा आर्थिक सहयोग गरिएको छ। अमेरिकाको टेक्सासमा बस्दै आएका समाजसेवी नरेन्द्र सेन्दाङ्गले उक्त संस्थामा रहेका अपाङ्गहरुलाई भोजन तथा आर्थिक सहयोग गरेका हुन् ।
साहित्यमा पोख्त सेन्दाङ्ग नेपाली चलचित्र निर्माता हुन् भने उनले चारवटा नेपाली चलचित्रमा नायकको भूमिकामा समेत अभिनय गरेका छन् । हंगकंगमा सम्पन्न नेपाली साहित्यको पहिलो गोष्ठीमा निर्णयकको भूमिका समेत निर्वाह गरेका सेन्दाङ्ग हाल विभिन्न संघ-संस्थामा आवद्ध रहेर समाजसेवामा…
कोभिड-१९बाट कसरी बच्ने ? के गर्ने के नगर्ने ?
कोभिड-१९बाट कसरी बच्ने ?
तेस्रो विश्व युद्धको रुप लिएको कोभिड-१९ भाइरसको सम्भावित संयन्त्रको जोखिम हामी नेपालीहरु बिच तिब्र रुपले बाढ्दै गैरहेको छ। बिदेस बाट नेपाल भित्रने होस या सेल्फ क्वरेनटाइनमा नबसी जथाभावी हिड्डुल गर्नाले आफ्नो र आफन्तको ज्यान नै जोखिम्मा पार्नु हो। हेर्दा तन्दुरुस्त देखिए पनि संक्रमणको लक्षण १४ दिन पश्चात् मात्र देखिन सक्छ।जस्ले गर्दा अन्य व्याक्तीहरुलाई भाइरस सर्न सक्ने हुदा सावधानी अपनाउनु नै अति उत्तम हुन्छ।
कोभिड-१९ बाट बच्न के गर्ने के नगर्ने ?
१.सबैभन्दा पहिला आफुलाइ कोभिड भाइरसको सक्रंमण…
नेपाल मलेसिया मैत्री समाजको रक्तदान कार्यक्रम नुवाकोटमा सम्पन्न
सुनिल मोक्तान - नुवाकोट , नेपाल मलेसिया मैत्री समाजको बृहत रक्तदान कार्यक्रम नुवाकोटको ककनीमा हालै सम्पन्न भएको छ। समाजको ११औ बर्षगाठ्को अवसर पारेर उक्त रक्तदानको आयोजना गरेको हो। संस्थाले बर्षमा २ देखि ३ पटक सम्म यस्ता रक्तदान कार्यक्रमको आयोजना गर्ने गरेका छन् ।कार्यक्रममा सशस्त्र प्रहरी बल, नेपाल प्रहरी, नेपाली सेना , नेपाल स्काउट , बैकंका कर्मचारीहरु स्थानीय र स्थानीय होटेल ब्याबसायीहरुले समेत रक्तदान गरेका थिए ।
कार्यक्रमको प्रमुख अतिथीको रूपमा कास्ठ ब्याबसायी संघ काठमाडौका अध्यक्ष बिष्णु बहादुर गुरुङ , विशिष्ट अतिथिमा…
अन्तराष्ट्रिय स्तरको शो ‘मिस फेस अफ’ नेपाल २०२१ को आवेदन खुल्ला
काठमाडौं – अधिरा फिल्मस् प्रा.लि.को आयोजनामा हुन लागेको ‘मिस फेस अफ’ नेपाल २०२१ (सिजन – १) को आवेदन खुलेको छ । यो अन्तराष्ट्रिय स्तरको प्रतियोगिता हुने बताईएको छ।
शुक्रबार ललितपुरको कुमारीपाटी स्थित यो क्याफेमा आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम बारे जानकारी गराईएको हो ।
‘ मिस फेस अफ नेपाल’ अन्तर्राष्ट्रिय स्तरमा मिस नेपालको स्थान जसरी पुगेको छ, त्यसको लेबलमा हामीले पनि पु¥याउने "मिस फेस अफ नेपाल"का आयोजक तथा कोरियोग्राफर सपना राईले बताईन् ।
टाइटल विनरलाई स्कुटर, सिल्भर क्राउन प्रदान गरिने, भने फस्ट रनरअपलाई नगद रु पच्चिस…