पुजाको सुन्दरता छल्कियो तस्विरमा (फोटो फिचर)

सेल्फी टु गायिका पुजाको एकोहोरो माया (One Side Love)

0 1,983

उदयपुरमा जन्मिएर नेपाली सांगीतिक दुनियाँमा विगत लामो समयदेखि निरन्तर तहल्का मच्याउदै आएकी गायिका हुन् पूजा सुनुवार । गायिका पूजा सुनुवारको “सेल्फी टु” “ट्युसन पढाउने” निक्कै चर्चित गीत हो । अहिले पछिल्लो समयमा पूजाको “एकोहोरो माया” पनि निकै चर्चामा रहेको गीत हो ।


उदयपुरबाट संगीत सिक्नको लागि नै भनेर काठमाडौ आएकी पुजाको सांगीतिक मोह भने सानै देखि थियो । उदयपुरमा हुँदा पनि आफू पढ्ने स्कुलमा गीत गाएर सबैलाई मख्खै बनाउने पूजा आफू आफ्नो जन्म दिने बाबाको प्रेरणाले यो क्षेत्रमा लागेकी हुन् । आज यो स्थानसम्म आई पुग्दा आफूले बाबालाई निक्कै सम्झिने गायिका पूजा सुनुवार बताउछिन् ।

“खबर कस्तो छ” बोलको पुर्बेली लोक भाकाको पहिलो पटक गीत रेकर्ड गरेर सांगीतिक दुनियाँमा प्रवेश गरेकी पूजा सुनुवारको आज सम्म दर्जनौ गीतहरु रेकर्ड भई सकेका छन् ।

pooja sunuwar“देशभक्त गणतन्त्रिक सम्मान २०७४” र ” “ओएस नेपाल अवार्ड” समेत जिती सकेकी गायिका पूजा सुनुवारले दुई वटा गीति एल्बमहरु बजारमा ल्याएकी छन् । उनको पहिलो गीति एल्बम “नजर” हो भने दोस्रो गीति एल्बम “काठमाडौ शहर” भन्ने रहेको छ । खासमा गायिका पूजा सुनुवारलाई आफ्नो पहिलो गीति एल्बम “नजर” ले नै बजारमा पूजा सुनुवार भनेर चिनाएको हो ।

निक्कै सरल स्वभाव र नम्र पूजा आफूलाई साधरण नेपाली खाना नै मन पराउछिन् । किरात सुनुवार समुदायमा जन्मी हुर्किएकोले आफ्नो संस्कृति झल्काउने पहिरन मन पराउने पूजालाई आफूलाई कम्फोर्ट हुने साधरण पहिरन मन पर्छ ।

खासै ठूलो सपना नदेखेकी पूजा भविष्यमा पनि यहि क्षेत्रमा निरन्तर लागि रहने बताउछिन् । कुवेत, दुबई लगायत अन्य देशहरुमा सांगीतिक कार्यक्रमको लागि पुगी सकेकी पूजा अब चाडै सांगीतिक कार्यक्रमकै लागि दुबई जाने भएकी छन् । बिदेशमा कलाकारले निक्कै माया पाउने उनको अनुभव छ ।

प्रस्तुति : ईन्द्र जिजीबिषा

pooja sunuwar

Loading...