चलचित्र “छिरिङ” को ट्रेलर सार्वजनिक
ईन्द्र जिजीबिषा / काठमाडौ – अत्यान्तै चर्चामा रहेको नेपाली कथानक चलचित्र “छिरिङ” को ट्रेलर सार्वजनिक भएको छ । चलचित्रका मुख्य पात्र छिरिङले आफ्नो जिवनमा भोग्नु परेका कथा, सामाजिक परिवेस, हाँस्य, करुणा र मनोरन्जनले भरिएको चलचित्र “छिरिङ”मा चर्चित गायक तथा नायक यसकुमार, चर्चित पप गायक तथा नायक निमा रुम्बा र कामना भुजेलले अभिनय गरेका छन् ।
आउने असोज महिनाको १२ गतेदेखि डिसिएन मार्फत नेपालभर प्रदर्शन हुन लागेको चलचित्र “छिरिङ”को ट्रेलर सार्वजनिक भए लगत्तै चलचित्र विश्लेषक, चलचित्र प्रेमीहरुले चलचित्र राम्रो बनेकोमा विश्वस्त रहेको बताउन थालेका छन् ।
यसकुमारले यो भन्दा अगाडि पनि केहि चलचित्रहरु निर्माण गरिसकेका छन् । “मैले छोएको पानि चल्दैन” जस्ता दर्जनौ सर्वाधिक चर्चित गीतहरु गाएर सबैको प्यारो बनेका गायक यसकुमार पछिल्लो समयमा चलचित्र निर्माणमै व्यास्त बन्ने गरेका छन् ।
रिदम फ्लिमको प्रस्तुती चलचित्र “छिरिङ” को “बोल बोल, पाखाहरु” बोलको गीतलाई सामाजिक संजाल युट्युबमा करिब साढे चार लाखले हेरिसकेका छन् । यो गीत अहिलेका चर्चित गायिका सुनिता थेगिमको स्वरमा रहेको छ ।
चलचित्र “छिरिङ” मा कविराज गहतराज र गोविन्द प्रभातले कोरियोग्राफ गरेका छन् भने चन्द्र पन्तको द्वन्द रहेको छ । मिलन श्रेष्ठ र शाहील खानले सम्पादन गरेको चलचित्र “छिरिङ” लाई आइबी दर्नाल, सुनिल माथेमा प्रधान,नविन बुढाथोकीले निर्माण गरेका हुन् । शबिर श्रेष्ठको कथा रहेको चलचित्र “छिरिङ” लाई निर्देशन भने यसकुमार र उनका टिमले गरेका छन् ।