प्रकृतिको उपहार प्रकृति थलङलाई क्यामेरामा सजाउदा (फोटो फिचर र भिडियो सहित)

पुर्वाञ्चल सिङगिङ स्टार २०७१

0 791

ईन्द्र जिजीबिषा
ताप्लेजुङ्गको पाथिभरा याङ्वारोक १ नाङखोल्याङमा जन्मिएर नेपाली गीत-संगीतको क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाई सकेकी गायिका हुन् प्रकृति थलङ । उनले पुर्वाञ्चल सिङगिङ स्टार २०७१ सालमा जितेपछि प्रकृति थलङको गहकिलो पाइलाहरु सांगीतिक क्षेत्रमा अगाडि बढेको हो ।उनले आजसम्म दर्जनौ गीतहरुमा आफ्नो कोकिल कण्ठ आवाजले सजाई सकेकी छिन् ।

गायिका प्रकृति थलङको पारिवारिक पृष्ठभूमि नै संगीतमय रहेको छ । उनको दुई दाजुहरु कुशल थलङ र कन्चन थलङ पनि यहि गीत-संगीतको क्षेत्रमै सक्रिय रहेका छन् । यसको कारण पनि प्रकृति थलङलाई अगाडि बढ्न सजिलो भएको छ ।

पारिवारिक पृष्ठभूमि नै गीत-संगीतको क्षेत्रमा रहेकोले प्रकृति थलङले सानै उमेर देखि गीत गाउने गर्थिन् । घरकी कान्छी छोरी, सबैको प्यारी त्यसैले घाँस दाउरा, मेला-पात, बन जंगल खासै गर्नु परेन । तर पनि साथि संगीहरु संग कहिलेकाँही जंगल जादा रमाईलो मान्दै रेडियोमा सुनेका गीतहरुको कपि गर्दै गाउने गर्थिन् ।

ताप्लेजुङ्गमै जन्मी हुर्की. पढि बढी भएकी प्रकृतिले एसएलसी भने धरान बाट पास गरेकी हुन् । धरानमै रहदा सिङगिङ स्टार २०७१ जितेपछि उनि काठमाडौ आईन् । अझ सांगीतिक क्षेत्रमा अवसर खोज्दै काठमाडौ आएकी प्रकृतिले काठमाडौ आएपछि आजसम्म पनि संगीतको अध्यायन निरन्तर गरिरहेकी छन् । उनको अहिले संगीतको क्लास तेस्रो बर्षमा चलिरहेको छ ।

दर्जनौ गीतहरुमा आफ्नो आवाज भरिसकेकी गायिका प्रकृति थलङले केहि म्युजिक भिडियोमा समेत फिचरिङ्ग गरेकी छन् । साधरण पहिरन मन पराउने प्रकृति थलङलाई खाना पनि साधरण नै मन पर्छ ।

 

प्रकृति थलङको धेरै बोल्ने बानि छैन, त्यसैले उनि कसै संग खासै ख्याल ठट्टा पनि गर्दिनन् । आफ्नो जीवन साथि पनि परिपक्क भएको होस् भन्ने चाहना राख्ने प्रकृति थलङलाई अल्लारे, मेहनत नगर्ने, धेरै हाउभाउ देखाएर हिड्ने मान्छे मन पर्दैन ।

 

विवाह कहिले गर्ने त भन्ने सिलिचुङ्ग टिभिको सवालमा उनि भन्छिन् “विवाह भन्ने कुरा हतारमा गरेर हुन्न । गर्नेले १५ बर्षकै उमेरदेखि गर्छन् तर आफू भने ३०-३५ नपुगी विहे गर्ने सोच नभएको बताउछिन्” ।

गीत-संगीतलाई नै आफ्नो सबै भन्दा प्यारी ठान्ने प्रकृति भविष्यमा पनि यहि क्षेत्रमा नै सक्रिय रहने बताउछिन् । त्यसैले आफ्नो जीवन साथि ओअनि यो क्षेत्रलाई बुझ्ने होस् भन्ने चाहन्छिन् उनि ।

 

Loading...