“आधा तिमी आधा म” को म्युजिक भिडियो सार्वजनिक
मेघा स्टार राजेश पायल राईको स्वरमा, हाङ्ग चेम्जोङ्गको निर्देशन
काठमाडौ – निर्देशक हाङ्ग चेम्जोङ्गको निर्देशनमा “आधा तिमी आधा म” को म्युजिक भिडियो सार्वजनिक भएको छ । दर्जनौ म्युजिक भिडियो निर्देशन गरि सकेका निर्देशक हाङ्ग चेम्जोङ्ग प्रवासी भूमि दक्षिण कोरियामा रहेर म्युजिक भिडियो निर्देशनमा अब्बल बनेका छन् ।
गीतकार सुमित्रा थुलुङ्ग अश्रुधाराको शब्द रचनामा रहेको यो गीत मेघा स्टार राजेश पायल राईको स्वरमा रहेको छ । गीतकार सुमित्रा थुलुङ्ग अश्रुधाराले दर्जनौ गीतहरुको शब्द रचना गरिसकेकी छन् । प्रेमिल भावमा तयार पारिएको यो गीत सुमित्रा अश्रुधाराको “स्नेहा” गीति एल्बम भित्र रहेको छ । यो गीतमा बीबी अनुरागीले संगीत गरेका छन् ।
सनराज राणाको छायांकन र सन्तोष क्षेत्रीको सम्पादन रहेको यो गीतको म्युजिक भिडियो कोरियाको विभिन्न रमणिय स्थलहरु र समुन्द्री तटमा छायांकन गरिएको छ । म्युजिक भिडियोमा एलिना थापा मगर र साहाङ्ग लिम्बुले अभिनय गरेका छन् ।
म्युजिक भिडियो