रोशन सिंहको “माया गरि-गरि” सार्वजनिक

0 188

काठमाडौ / पछिल्लो समय दैनिकजसो दजनौं बढी गीतहरु रिलिज हुने गर्छन् । रिलिज भएका कमै गीतले दर्शक श्रोताको साथ पाउँछन् । कमै गीतले मात्र दर्शक श्रोताको मन जित्ने गर्छन् ।

आधुनिक क्षेत्रमा बिगत एक दशक देखि होमिएका गायक रोशनका गीतहरु श्रोता तथा दर्शकहरुले निकै नै रुचाउने गरेका छन्। यस अघि “जिन्दगीका केहि मिठा पल” मेरी मायालु निकै चर्चामा थियो भने अन्य दर्जनौं गीतहरुले श्रोता तथा दर्शकको मन मुटुमा अड्डा जमाइसकेका छन् ।

पछिल्लो समय धेरैको मन मुटुमा बस्न सफल चर्चित गायक रोशन सिंहको आवाजमा रहेको नयाँ गीत ‘माया गरि-गरि ” को भिडियो सार्वजनिक भएको छ । भर्खरै रिलिज भएको “माया गरि गरि” बोलको गीतले आँखा कान दुबैलाई आनन्द दिने गर्छ। सुमधुर आवाजमा रहेको गीत, डा. कृष्ण हरि बरालको शब्द, सुरेश गैरेको संगीतमा नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन्।

फर्पिङको रमणीय स्थलमा छायांकन गरिएको गीतमा ज्योति खड्का र योदिश न्यौपानेको उत्कृष्ट अभिनय देख्न सकिन्छ । रोशन सिंहको निर्देशन रहेको गीतलाई आलेक्श पुडासैनीले छायांकन गरेका छन् भने ओम प्रसाईले सम्पादन गरेका छन्

सांगीतिक रुपमा आफ्नो कला र गालालाई प्रस्तुत गर्दै आएका गायक रोशन पेशाले बाल बाटिका स्कुल पेप्सीकोलाका संचालक र प्रिन्सिपल समेत रहेका छन् भारतीय दुतावास लगायत नेपाल संगीत विद्यालय गाैशालाबाट गायनमा प्रशिक्षण समेत लीएका छन्

त्यसैगरी माया गरि-गरि गीत मेल र फिमेल भर्सन छिट्टै बजारमा आउदै छ । गीत संगीत प्रति निक्कै लगाब भएका गायकको अर्को नयाँ गीत देखे देखि पनि बजारमा आउने तयारीमा रहेको छ

सानै देखी सांगीतिक क्षेत्रमा रुचि राख्ने गायक स्कुल कलेज लाईफ़मा पनि उतिकै अब्बल देखिन्थे आधुनिक गीत संगीतलाई बढी माया गर्ने गायकका अनेकौ गीतहरु बजारमा आईसकेका छन्

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...