कमल थापा मगरको ” हामी नेपाली लाहुरे”ले चर्चा पाउदै (भिडियो सहित)

0 1,586

काठमाडौ – मोडेल तथा गायक कमल थापा मगरको “ हामी नेपाली लाहुरे“ले निक्कै चर्चा पाएको छ । सार्वजनिक भएको छोटो समयमै धेरै दर्शक स्रोताहरुको माया पाएको “लाहुरे” वास्तविक लाहुरेकै कथामा तयार पारिएको छ ।

शब्द तथा स्वर कमल थापाकै रहेको “हामी नेपाली लाहुरे”गीतमा निरोज लामाले एरेन्ज गरेका छन् । रक तथा डान्सिङ्ग यो गीतमा मोडेल कमल थापा मगरले धमाका मच्याएका छन् । कमल थापा मगरको आधा दर्जन भन्दा बढि म्युजिक भिडियो बजारमा आएका छन् भने त्यतिकै मात्रामा उनको स्वरमा गीतहरु पनि रेकर्ड भएका छन् ।

कमल थापा मगर र नविनाको अभिनय रहेको यो गीतको म्युजिक भिडियोलाई दिप्सन डंगोलले छायांकन गरेका हुन् । दिन्शा ओलीले सम्पादन गरेको म्युजिक भिडियोलाई करी महर्जनले निर्देशन गरेका हुन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...