एकयुवा माथि सांघातिक आक्रमण, क्रान्तिकारी पत्रकार महासंघ बाँकेको घोर भत्सर्ना
काठमाडौ – वर्दियामा एकयुवा माथि सांघातिक आक्रमण भएको छ । ठाकुरबाबा गाउँ पालिका १ भुरा गाउँ बजारमा हेमराज न्यौपाने माथि आक्रमण भएको हो ।
तीजको मेला हेरेर घर फर्किदै गर्दा बाटोमा केहि युवाहरुले आक्रमण गरेका हुन् । आक्रमणबाट हेमराज न्यौपाने अनुहारमा चोट लागेर घाईते भएका छन् ।
उक्त आक्रमणको नेकपा माओवादी क्रान्तिकारीले कार्बाहीको माग गरेका छ । कारवाहीको माग गर्दै नेकपा माओवादी क्रान्तिकारीले प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ “अपराध बढेको छ, शान्ति सुरक्षामा प्रहरी असफल भएको छ ” ।
आक्रमण पछि पिडित हेमराज न्यौपानेले प्रहरी समक्ष कारवाहीको माग गर्दै निवेदन दिएका छन् । बगनाहा र डुम्रेनिका युवाहरु बिच भएको झगडा बिचमा पिडित हेमराज न्यौपाने माथि पनि आक्रमण भएको थियो ।
हेमराज न्यौपाने क्रान्तिकारी पत्रकार महासंघ बाँकेका जिल्ला सदस्य समेत हुन् ।
