विशाक्त रक्सि पिएर ६ जना नेपालीको ज्यान गयो अन्य १६ जना अस्पतालमा भर्ना
मलेशिया – मलेसियाको सेलाङ्गर राज्यको सुंगाई बुलोमा विशाक्त रक्सि पिएर ६ जना नेपालीको ज्यान गएको छ भने अन्य १६ जना अस्पतालमा भर्ना भएका छन् ।
ज्यान गुमाउनेहरुमा भिम बहादुर घले बसेरी ३ धादिङ्ग, राम कुमार यादव मसिना ६ रुपन्देही, विशाल बुढाथोकी अमर गढि ५ डडेल्धुरा,संजय उराव पश्चिम कुशाहा ९ सुनसरी,बलबहादुर कुलुङ्ग शिद्धिथुम्का ९ ईलाम र आइत शिंह ठेगाना नखुलेको रहेको जनाईएको छ ।
त्यस्तै बिरामीहुनेहरुमा, लुङ्गानाथ मगर शिद्धकाली ४ संखुवासभा (डिस्चार्ज भएको) जितबाहादुर माझि रानीचुर ५ सिन्धुली, प्रविन थारु मैना पोखरी ३ बर्दिया (डिस्चार्ज भएको), दुर्गाबहादुर राई महेन्द्र नगर ६ सुनसरी (डिस्चार्ज भएको), भागीमान डाँगी राङ्गासि ४ रोल्पा, (डिस्चार्ज भएको) राधेश्याम बैठा रघुनाथ ६ बारा, रामचन्द्र लोध फरेना ७ रुपन्देही,लोकबहादुर बराम च्यांगली २ गोरखा, रिखामान स्याङ्गतान ढुङ्गेखोला ८ सर्लाही, सरु मगर (ठेगाना नखुलेको) दुर्गा सिंह राना देउराली ८ नवलपरासी, सुकुवल घिसिङ्ग (ठेगाना नखुलेको) राजेश कुमार (ठेगाना नखुलेको) बिमल शाही (ठेगाना नखुलेको) सेट बिर तुम्बापो चोकामागु ६ पाँचथर, जम्बिरलाल झाँगड बाबियाविर्ता ३ मोरंगका रहेको बताईएको छ ।
मृत्यु हुनेहरुको पोष्टमार्टम रिपोर्ट आउन बाँकी रहेको र थप अनुसन्धान मलेसियन प्रहरीले गरिरहेको मलेसियास्थित नेपाली दुतावासले एक प्रेस विज्ञाप्ति जारी गर्दै जनाएको छ ।
