रुपाकोट मझुवागढी नगरपालिकाका सामुदायिक विद्यालयमा विद्युत्तीय हाजिरी लागू

0 691

खोटाङ – जिल्लाकाे रुपाकोट मझुवागढी नगरपालिकाका सामुदायिक विद्यालयमा विद्युत्तीय हाजिरी लागू भएको छ । सामुदायिक विद्यालयको शैक्षिक स्तर सुधार्न रुपाकोट मझुवागढी नगरपालिकाले नगरपालिका भित्रका १८ विद्यालयमा विद्युत्तीय हाजिरी शुरु गरेको हो ।

३० लाख रुपैयाँको लगानीमा ई–हाजिरी जडान गरिएसँगै अब यी विद्यालयको निगरानी नगरपालिकाका प्रमुखकै कार्यकक्षबाट गर्न सकिने भएको छ ।

सामुदायिक विद्यालयको खस्कँदो शैक्षिकस्तर माथि उठाउन नगरपालिकाभित्रका १८ सामुदायिक विद्यालयमा ई–हाजिरी शुरु गरेकाे जनाईएको छ ।

Loading...