कृषिविज्ञ मदन राईलाई हुतराम इन्भाइरन्मेन्ट अवार्ड
काठमाडौ – कृषिविज्ञ मदन राई हुतराम इन्भाइरन्मेन्ट अवार्डबाट सम्मानित भएका छन् । वातावरण संरक्षणमा उल्लेखनिय योगदान पु¥याएको भन्दै राईलाई इन्भाइरन्मेन्ट एण्ड पव्लिक हेल्थ अर्गनाइजेसन (इएमपिएचओ) काठ्माण्डौंले सम्मान गरेको हो ।
दिनानुदिन बढ्दै गएको वातावरणीय प्रदूषणलाई रोकथाम गरेर वाताबरण स्वच्छ बनाउने क्षेत्रमा नेतृत्व गर्दै उल्लेखनीय योगदान पु¥याएकोमा कृषिविज्ञ राईलाई नगद रु २५ हजार सहितको अवार्ड लेखक तथा पत्रकार भैरब रिसालले कृषिबिज्ञ राईलाई हस्तान्तरण गरेका हुन् ।
रासायनिक मलको प्रयोगले जमिन बिग्रँदै गएको अवस्थामा मानव मलमुत्र संकलन एवं प्राङ्गारिक मलको प्रयोगले वाताबरणीय सन्तुलन कायम गर्न सकिने अध्ययन र अनुसन्धानमा कृषिबिज्ञ राईको उल्लेखनीय योगदान रहेको छ । राई विगत लामो समयदेखि यो क्षेत्रमा सक्रिय रहेका छन् ।