डक्टर किरातको “तस्बिर” सार्वजनिक (भिडियो सहित)

0 1,485

ईन्द्र जिजीबिषा / काठमाडौ – संगीतकार डक्टर किरातको एकल संगीत र गीतकार दिलिप राई “सगर”को एकल शब्द रचनामा गीति एल्बम “तस्बिर” को विमोचन गरिएको छ । वरिष्ठ साहित्यकार भूपाल राई,वरिष्ठ गायक तथा संगीतकार सम्भु राई, वरिष्ठ गायिका विमला राई लगायतले “तस्बिर”गीति एल्बम बिमोचन गरेका हुन् । शास्त्रीय संगीतमा दुई दशक भन्दा बढि समय बिताएका संगीतकार डक्टर किरात नेपाली गीत-संगीतको क्षेत्रमा पहिलो वर्गका संगीतकारहरु मध्ये भित्रै पर्छन् । संगीतकार डक्टर किरातका थुप्रै संगीतहरु लोकप्रिय बनेका छन् ।

गीतकार “दिलिप राई सगर” प्रवासी भूमि मलेशियामा रहेर साहित्य लेखनमा कलम चलाई रहेका छन् । “सागर”को पनि थुप्रै गीतहरु बजारमा आईसकेका छन् ।

सार्वजनिक गीति एल्बम “तस्बिर”मा ६ वटा गीतहरु समेटिएका छन् । जसमा “देउराली” बोलको गीत चर्चित गायिका मेलिना राईको स्वरमा रहेको छ भने,”तस्बिर” बोलको गीत देवेश राईको स्वरमा रहेको छ । त्यस्तै “बाह्रमासे फूल” बोल रहेको गीत गायक कनकाईस्ट राई र दिपा लामाको स्वरमा रहेको छ भने “हुरी चलेर” मा आभा मुकारुङ्गको स्वर रहेको छ ।

एल्बम भित्र दुईवटा साकेला बिटको गीत पनि समेटिएको छ । किरात राई समुदाय भित्र नाचिने साकेला सिली बिटको गीत भाग १ मा मिना राईको स्वर रहेको छ भने भाग दुईमा दिपक राई बान्तावाको स्वर रहेको छ । एल्बम भित्र रहेका सबै गीतको संगीत भने डक्टर किरातले गरेका छन् । एरेन्ज भने क्रमश अशोक लोहरुङ्ग राई, देवेश राई,बुद्ध स्याङ्गतान, लाहाङ्ग सुब्बा र साकेला बिटको दुवै गीतको एरेन्ज कुमार थापाले गरेका छन् ।

एल्बम भित्र रहेका ६ वटा गीत मध्ये “बाह्रमासे फूल”को म्युजिक भिडियो पनि सार्वजनिक गरिएको छ । यसको म्युजिक भिडियोमा टेकराज कुलुङ्ग र अर्चना काउछा मगरले अभिनय गरेका छन् । राजकुमार कुलुङ्ग र गङ्गाराम खालिङ्गले छायांकन गरेको उक्त म्युजिक भिडियोलाई राजकुमारले सम्पादन गरेका छन् । यो गीतको म्युजिक भिडियोलाई गोबिन राजभन्डारी र राजकुमार कुलुङ्गले निर्देशन गरेका हुन् ।

कार्यक्रममा माननीय सुदन किरातीले सर्जकहरुलाई बधाई तथा शुभकामना दिदै अझ प्रगतिको शुभेच्छा व्याक्त गरे । कार्यक्रममा शम्भु राई,विमला राई र माननीय हेम कुमार राई(सुरबीर)  ले पनि सार्वजनिक गीत र एल्बमभित्र रहेका गीतहरु सबै नै राम्रा रहेको बताउदै बधाई तथा शुभकामना व्याक्त गरे ।

“तस्बिर” गीति एल्बमलाई नयाँ मार्गी संगीत एकेडेमी एण्ड प्रोडक्शनले बजारमा ल्याएको हो ।

Loading...