मिस मंगोल नेपाल २०१८ को उपाधी जाङमु ईन शेर्पाले जितिन्
इन्द्र जिजीबिषा / काठमाडौं – मिस मंगोल नेपाल २०१८ को उपाधी जाङमु ईन शेर्पाले जितेकी छन् । अन्तिम १६ प्रतिस्पर्धिहरुलाई पछि पार्दै शेर्पाले मिस मंगोल नेपालको ताज पहिरिएकी हुन् ।
फाइनल राउण्डमा “तपाई व्यवस्थापिक संसदमा बोल्ने अवसर पाउनु भएमा मुलुकको बारेमा के प्रसंग उठाउनु हुन्छ ? भन्ने निर्णायकले सोधेको प्रश्नको जवाफमा शेर्पाले ‘गुणस्तरीय शिक्षाको माध्यमबाट मुलुकको समृद्धीको क्षेत्रमा अघि बढाउनुपर्ने, युवा स्वरोजगार, बढ्दो भ्रष्टाचार, कुरिती, विकृती हटाउन मार्ग प्रशस्त गर्दै आर्थिक विकासका लागि राजनीतिक स्थायित्व जरुरी हुने र त्यसतर्फ सबैको ध्यानाकर्षण हुनुपर्ने र पर्यटन प्रबर्दन, स्वरोजगारीको माध्यमबाट अघि बढाउने, महिला हिंसा जस्ता अपराधीक घटना नियन्त्रण गर्न अग्रसर हुनुपर्ने” जवाफ दिएकी थिईन् । त्यस्तै, फस्ट रनरअप प्रिती गुरुङ भईन् भने सेकेण्ड रनरअपको उपाधि पुनम शेर्पा जितिन् ।
मिस मंगोलका विजेताले थाइल्यण्ड टुरको अवसर पाउनुका साथै, नगद लगायत विभिन्न गिफ्ट ह्याम्परहरु प्राप्त गरेका छन् । त्यस्तै, फस्ट र सेकन्ड रनरअपले पनि थाइल्यण्ड भ्रमणका साथमा आकर्षक गिफ्ट ह्याम्परहरु प्राप्त गरेका छन् ।
प्रतियोगितामा मिस मंगोलको उपाधीको ताजसहित शेर्पाले मिस लिडरसीपको समेत उपाधी हात पारिन् । त्यस्तै, रक्षा थिङ तामाङले वेष्ट फोटो जेनिक, सुमि थापामगरले वेष्ट पर्सनालिटी, इरोशा थापाले वेष्ट हियरको उपाधि जितिन् भने वेष्ट स्कीन प्रियंका राई, मिस ट्यालेण्ट अस्मिता बज्राचार्य, मिस पब्लिक च्वाईजको उपाधि समिक्षा राईले जितिन् ।
एक्सन ईन्टरटेन्मेण्ट अनामनगरको आयोजना हुदै आएको मिस मंगोल नेपालको यो दशौं संस्करण हो ।