किराया ललितपुर द्वारा डिवी सरोज राई सम्मानित
ललितपुर-किरात राई यायोक्खा केन्द्रीय कार्यसमितिका उपमहासचिव तथा संचारकर्मी डिवी राई सरोजलाई किरात राई यायोक्खा ललितपुर जिल्ला कार्यसमितिले सम्मान गरेको छ l
डीबी राई सरोजले आफ्नो जातीय तथा समुदायिक उत्थानको निम्ति बिभिन्न क्षेत्र बाट पुर्याउनु भएको योगदानको उच्च मुल्यांकन गर्दै किरात राई यायोख्खा जिल्ला कार्य समिति ललितपुरको २९ औँ स्थापना दिवसको अवसरमा ताम्रापत्र सहित फेटा गुठाएर सम्मान गरिएको किरात राई यायोख्खा जिल्ला कार्य समिति ललितपुरले जनाएको छ ल
किरात समुदायहरुको भाषिक सांस्कृतिक पहिचान स्थापित गराउन राई विगत लामो समयदेखि सक्रिय रहेका छन् ।