तायाहाङ्गमा राईको साकेला गीत “मौलिक हाम्रो पहिचान” म्युजिक भिडियो बजारमा
काठमाडौ – किरात राई समुदाय भित्रको मौलिक चाड साकेला बिटको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायिका तायाहाङ्गमा राईको स्वरमा “मौलिक हाम्रो पहिचान” बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
दर्जनौ गीतहरु गाएर चर्चामा रहेकी गायिका तायाहाङ्गमा राईले भर्खरै आफ्नो एकल एल्बम “कान्छी” सार्वजनिक गरेकी थिइन् । उक्त “कान्छी” गीति एल्बम भित्रै रहेको साकेला गीत “मौलिक हाम्रो पहिचान” बोलको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
गैह्र किराती चन्द्र लामा “अनुराग”को शब्द रचनामा रहेको यो साकेला गीतको निर्माता पनि चन्द्र लामा “अनुराग” नै रहेका छन् । आफू गैह्र किराती भएर पनि किराती संस्कार संस्कृति प्रति आफ्नो सद्भाव र प्रेम रहेको बाताउछन् चन्द्र लामा “अनुराग” । लामा दक्षिण कोरियामा रहेर नेपाली गीत-संगीत क्षेत्रमा निरन्तर लागि रहेका छन् । विश्व नेपाली साहित्य महा संघ दक्षिण कोरियाको अध्यक्ष समेत रहेका छन् लामा ।
“मौलिक हाम्रो पहिचान” बोलको म्युजिक भिडियोमा किरातिम्मा गायन समुहका सदस्यहरु पार्वती राई, सरला राई, राधा राई, बेनुका राई, मेनुका राई, ममता राई, निलम रोजु राई, साया राई , याङ्नुमा राई, दिल कुमारी राई , बृन्दा राई,गङ्गा राई लगायत अन्य रहेका छन् । यसैगरी किरातिम्पा गायकहरुमा रुपकुमार राई ,राई नवीन,रेवत राई,देबेश राई,दिपेश राई,नरेन राई निकेश राई,बिनोद बिक्रम राई,शिव संगम राई,प्रेम बहादुर राई लगायतले अभिनय गरेका छन् ।
शिव संगम राईको संगीतमा रहेको गीतको म्युजिक भिडियोलाई नियोन क्रियसनले छायांकन र सम्पादन गरेका हुन् भने तायाहाङ्गमा राईले नै म्युजिक भिडियोको निर्देशन पनि गरेकी छन् ।
यो पनि पढ्नुहोस ( मौलिक हाम्रो पहिचान म्युजिक भिडियो सुटिङ्गमा )
म्युजिक भिडियो