बिसी राईको छैठौं गीति एल्वम “निर्मम यादहरु” सार्वजनिक
वेलायत – गायक बिसी राईको छैठौं गीति एल्वम “निर्मम यादहरु” सार्वजनिक भएको छ । बेलायतका लागि नेपाली राजदुत डा. दुर्गाबहादुर सुवेदीको एकल शब्द रहेको गीति एल्बम “निर्मम” यादहरु सार्वजनिक भएको हो । एल्वममा ७ वटा गजल गीत समावेश रहेका छन् ।
बेलायतको सेन्ट साइमन चर्चको हलमा एक आयोजित एक कार्यक्रमको बीच वरिष्ठ गायिका मीरा राणालगायतले सार्वजनिक गरेका थिए ।
सार्वजनिक एल्बममा स्वर, संगीत तथा एरेन्ज बिसी राईकै रहेको छ भने एल्बम भित्रका गीतहरु बेलायत र नेपालमा रेकर्ड गरिएका हुन् ।
सगरमाथा नेप्लिज-गोरखा कम्युनिटी आक्स्फोर्डका अध्यक्ष चक्र साम्पाङ राईको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गायक बिसी राईका आमा–बुवा, कर्णेल कुमारबाबु थापा, दुवसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठान नेपालका अध्यक्ष पुनम राज्यलक्ष्मी देवी सुवेदी, किरात राई यायोक्खा बेलायतका अध्यक्ष कल्पना राई, गायक तथा संगीतकार गंगाराज राई, गीतकार ईश्वरचाम्लिङ, जानुका राई, गीतकार जानु काम्बाङ लिम्बु, किरण राई, भूमिराज राई लगायतको उपस्थिति रहेको थियो ।
एल्वममाथि वरिष्ठ संचारकर्मी खगेन्द्र नेपालीले समिक्षात्मक मन्तव्य राख्दै “एल्वममा रहेका सबै गीतहरु सुमधुर रहेको र प्रवासमा रहेका नेपालीहरुले आफ्नो गीत–संगीत उद्योगलाई माया गर्नु चानचुने कुरा नभएको नेपालीले बताए ।
कार्यक्रममा उनलाई दुवसु क्षेत्री राष्ट्रिय विकास प्रतिष्ठान नेपालले नेपाली गीति संगीतको क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै ‘दुवसु वाङमय सम्मान–२०७५’ द्वारा नेपाली एक लाख नगदका साथ ताम्रपत्रद्वारा सम्मान गरिएको थियो ।
कार्यक्रम नवराज राईले संचालन गरेका थिए । भोजपुरमा जन्मिएका बिसी राईको यसअघि ‘बैनी त्यसो नभन’लगायतका गीत चर्चित रहेका छन् ।
