भवानी राईलाई आर्थिक सहयोग हस्तान्तरण

0 914

काठमाडौ – काठमाडौ मेडिकल कलेजमा उपचार गराई रहेका भवानी राईलाई आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । घरको काम गर्दा गर्दै लडेर सख्त घाईते भई काठमाडौ मेडिकल कलेजमा उपचार गराईरहेका भवानी राईलाई संखुवासभा चैनपुर घर भई अहिले अमेरिका बस्दै आएकी कमला लिम्बुको नेतृत्वमा संकलित ५६५८२ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिको हो ।

उक्त आर्थिक सहयोग रकम चैनपुर नगर पालिकाको मेयर भरत खत्री, आर्थिक सहयोग संकलन संयोजक एमबी लिम्बु र नमस्ते टाइम्सका संचालक जित लिम्बुले संयुक्त रुपमा भवानी राईलाई हस्तान्तरण गरेका हुन् ।

भवानी राईलाई नमस्ते टाइमस्का संचालक तथा गीतकार जीत लिम्बुले पनि आफ्नो व्याक्तिगत तर्फबाट रु ५००० (पाँच हजार) आर्थिक सहयोग गरेका छन् ।.

घाइते भवानी राई चैनपुर १ पोक्लाबाङ्गका हुन् भने पछिल्लो समयमा उनि कठमाडौमै बस्दै आएका छन् ।

आर्थिक सहयोग गर्नेहरुको नामावली

Loading...