कला राई र मेनुका राईकोहातबाट कबिता बिकलाई आर्थिक सहयोग हस्तान्तरण

0 1,504

काठमाडौ – गायिका कला राईको हातबाट मिर्गौला पिडित कबिता बिकलाई आर्थिक सहयोग प्रदान गरिएको छ । मनकामना ग्रुपका बिजय लामाको सयोजकमा संकलन भएको रकम सखुवासभा जिल्लाको सभापोखरी गाउपालिका वाड ६ निबासी २१ बर्षको कबिता बिकलाई आर्थिक सहयोग गरिएको हो ।

मिर्गौला रोगबाट पिडित कबिता बिकलाई कुबेतमा रहेका सहयोगी नेपालीहरुबाट संकलन भएको ४७ हजार ६ सय २५ रुपैया आर्थिक सहयोग गायिका कला राई र गायिका मेनुका राई मार्फत पिडितलाई हस्तान्तरण गरिएको हो ।

मिर्गौलाबाट पिडित कबिता बिक हाल काठमाण्डौमा बसेर उपचार गराईरहेका छन् । उनीलाई उपचारमा आर्थिक अभाब भएपछि विभिन्न क्षेत्रबाट सहयोग जुटाउन थालिएको छ । आर्थिक सहयोग हस्तान्तरण गर्दै “यो सहयोगले उनको उपचारमा थप टेवा पुग्ने गायिका कला राईले बताएकी छन् ।

कबिता बिकलाई मिर्गौला फेर्न भारत लानु पर्दछ जसको लागी ३० देखी ४० लाख लाग्द्छ तर अहिले ५ लाख मात्र रकम सङ्कालीत भएको छ । पिडित बिकको एक छोरा र श्रीमान रहेको छ । आर्थिक अवस्था कम्जोर रहेको कविता बिकको गत बर्षदेखी डायलाइसिस भइरहेको छ ।

Loading...