Trending
- मेयर हर्क साम्पाङ्गको तस्विर सगरमाथाको चुचुरोमा
- माङ्पा/नछुङहरुको सुनसरी मोरङ र झापाका छुट्टाछुटै तदर्थ समिती गठन
- किरात राई चाम्लिङ खाम्बातिम बेलायतको आयोजनामा वेलायतमा रहेका नेपालीहरुले धुमधामका साथ साकेला उभौली चाड मनाए
- पवन बान्तावा राईको “तिम्रो जस्तै मन मेरो” सार्वजनिक
- इन्टेक १९९९ का ब्याजी गोर्खालीहरुले २५ सौं रजत जयन्ती भब्य रुपमा मनाए
- “जिन्दगीको यो मोडमा” बोलको म्युजिक भिडियो सार्वजनिक
- “बबाल गर्नुपर्छ” बोलको म्युजिक भिडियो सार्वजनिक
- नेपालीहरुको उत्कृष्ट प्रस्तुति सहित रोचेस्टर स्विप्स फेस्टिभल २०२४ सम्पन्न
- राईजिङ्ग स्टारको विजेता जुनियर तर्फ नियासा प्रधानाङ्ग र सिनियर तर्फ समिका भट्टराई
- बबिना किरातीको “आकाशैमा चिल हो कि बेसारा ” सार्वजनिक
Browsing Category
समाचार
‘टाँकीका फूलहरू’माथि अन्तरक्रिया
२०७६ असार २४ गते, काठमाडौँ । हङकङ प्रवासमा कार्यरत सङ्खुवासभाका साहित्यकार दाजु गुरुङद्वारा लिखित कथा संग्रह ‘टाँकीका फूलहरू’माथि मंगलबार राजधानीमा अन्तरक्रिया गरियो । कार्यक्रममा बोल्दै प्रा.डा. गोविन्दराज भट्टराईले कथाकार गुरुङको कथा संग्रह ‘टाँकीका फूलहरू’का कथाहरू एकै बसाईमा पढेर तृप्त हुने खालका रहेका बताए । उनले कथाको भाषा र शैलीले पाठकलाई मोहित तुल्याउने उल्लेख गर्दै हङकङेली नेपाली डायास्पोराबाट अहिलेसम्म यत्तिको सशक्त कथाकृति नआएको दावी गरे । उनले भने, “जसले यो कृति पढ्दैन, उसले धेरै कुरा छुटाउँछ ।”
साहित्यकार अनिल…
आर्थिक वर्ष २०७६ / ७७ को बजेट कति ? कहाँ खोटाङ्गमा
आर्थिक वर्ष २०७६/०७७ को बजेटमा खोटाङ्ग जिल्लाको लागि, निम्न अनुसार छुट्टिएको छ । सबै पालिका वडाहरुमा सन्तुलित गर्न बहुद्वारका कारणले ब्यबस्थित गर्न नसकिएको प्रदेश सभा सदस्य राम कुमार राईले बताएका छन् । तर आगामी दिनमा ब्यबस्थित गर्ने प्रतिबद्धता पनि राम कुमार राईले गरेका छन् ।
प्रदेस सभा सदस्य रामकुमार राईको अनुसार बजेटहरु निम्न अनुसार रहेको छ , यसमा पाच लाखभन्दा कम बजेटलाई समेटिएको छैन ।
१ , दिक्तेल साप्सु खोला मातिम मानेभञ्ज्याङ पाचधारे सडक रु , ५ करोड
२, वार्ताङ टारबारी देखि आहाले रेग्मीटार सडक रु, ६० लाख
३,…
प्रयास दुमी राईको पहिलो उपन्यास ‘प्राञ्जल’ लोकार्पण
काठमाडौं / साहित्यकार प्रयास दुमी राईको पहिलो उपन्यास ‘प्राञ्जल’ लोकार्पण भएको छ । शुक्रबार काठमाडौं अनामनगरस्थित मण्डला नाटकघरमा एक कार्यक्रमको बीच ‘प्राञ्जल’ लोकार्पण भएको हो ।
मूलबाटो प्रतिष्ठान नेपालद्वारा आयोजित विमोचन समारोहमा साहित्यकार प्रगति राई, साहित्यकार स्वप्निल स्मृति, युवा विश्लेषक प्रभात राई लगायतले उपन्यास ‘प्राञ्जल’ को बारेमा बोलेका थिए ।
Photo By - Indra Jijibisha
स्रष्टा पोखरेलबारे ग्रन्थ
७ असार २०७६, काठमाडौँ । कवि, निबन्धकार तथा समाजसेवी मुकुन्द पोखरेलको जीवनीमा आधारित ग्रन्थ ‘स्रष्टा मुकुन्द पोखरेल व्यक्तित्व र कृतित्व’ प्रकाशित भएको छ । सिर्जना अभियान, भक्तपुरले प्रकाशित गरेको ग्रन्थलाई कथाकार धु्रव मधिकर्मीले सम्पादन गर्नुभएको हो ।
ग्रन्थमा साहित्यकारहरू प्रा.डा. जयराज आचार्य, डा. कृष्णप्रसाद दाहाल, डा. रामदयाल राकेश, धीरकुमार श्रेष्ठ, दामोदर पुडासैनी, अभय श्रेष्ठ लगायत दुई दर्जन भन्दा बढी लेखकहरूद्वारा स्रष्टा पोखरेलका बारेमा लेखिएका व्यक्तित्व, कृतिपरक समालोचना, समीक्षा,…
वेल डान्स सेन्टरको आन्तरिक प्रतिस्पर्धा सम्पन्न
काठमाडौ - चर्चित मोडल मेघना मगरले संचालन गर्दै आएको वेल डान्स सेन्टरले विद्यार्थीहरुको क्षमता बढाउन सिनियर र जुनियर टिमको डान्स प्रतिस्पर्धा सम्पन्न गरेको छ । दरवार मार्गस्थित एक होटेलमा गत शनिवार विद्यार्थीहरु बीच आन्तरिक प्रतिस्पर्धा गराएर सम्पन्न भएको हो । ललितपुरको सातदोबाटोमा विगत ५ बर्ष अगाडिदेखि निरन्तर संचालनमा रहेको वेल डान्स सेन्टरले विद्यार्थीहरुको क्षमता बढाउनको लागि हरेक बर्ष आन्तरीक प्रतिस्पर्धा गराउदै आएको छ ।
उत्कृष्ट डान्स सिकाएर निक्कै नै प्रतिभावान कलाकारहरु जन्माउदै आएको वेल डान्स सेन्टरले बर्षमा एक पटक…
याक्थुङ लेखक संघको उपत्याका भेला सम्पन्न
ललितपुर, ३२ जेठ । याक्थुङ लेखक संघको उपत्याका भेला सम्पन्न भएको छ । ललितपुरस्थित चुम्लुङहिममा आयोजित याक्थुङ (लिम्बू) लेखकहरूको भेलाले बिष्णु नेम्बाङको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।
समितिको उपाध्यक्ष सीता तुम्खेवा, सचिव कबिन्द्र सम्बाहाम्फे, सहसचिव याक्थुङ्बा सुनिल आङ्बो र कोषाध्यक्ष शनि लिम्बू चयन भएका छन् । सदस्यहरूमा उत्तम लिम्बू, पुजन जबेगु, संगीता सुहाङ, कुबेर आङ्बो, इक्सा चेम्जोङ, रञ्जुला तेयुङ रहेका छन् ।
कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी तथा इतिहासकार भगिराज इङ्नामले लिम्बूहरूले मुलधारको कुरा…
भुपाल राई, कुवेर राई र मेलिना राई सम्मानित
काठमाडौं - वरिष्ठ कवि तथा साहित्यकार भुपाल राईलाई यलम्बर सांस्कृतिक सम्मान प्रदान गरिएको छ । किराती नव सांस्कृतिक केन्द्रको आयोजनामा सम्पन कार्यक्रममा भुपाल राईलाई नगद २ लाख १० हजार रुपैयाँ र ताम्र पत्रले सम्मान गरिएको हो ।
बुधबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित सांस्कृतिक कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालबाट कवि राईलाई उक्त सम्मान प्रदान गरिएको हो ।
यसैगरी वरिष्ठ गायक कुवेर राईलाई किराती नवसांस्कृति सम्मान प्रदान गरिएको छ । गायक राईलाई नगद ३० हजार रुपैयाँ र ताम्र पत्र सहित…
मलेसियामा नेपाली कलाकारहरु अध्यागमनको नियन्त्रणमा
सुनाखरी मगर / मलेसिया - मलेसियामा नेपाली कलाकारहरुलाई मलेसियाको अध्यागमनले नियन्त्रणमा लिएको छ । इदको अवसर पारेर एसएसओजी ग्रुपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन मलेसिया पुगेका चर्चित गायिका सुनिता थेगिम, चर्चित गायिका श्रेया राई र सुजन आङदम्बेलाईमलेसियाको अध्यागमनले नियन्त्रणमा लिएको हो ।
नेपालबाट मलेसिया गएका कलाकारहरुको साथै मलेसियामै रहेर कलाकारिता गरिरहेका नेपाली कलाकार र आयोजकलाई पनि अध्यागमनले नियन्त्रणमा लिएको छ ।
मलेसियाको क्वालालम्पुस्थित कोताराया कम्पेल्क्समा भएको कार्यक्रममा अध्यागमनले स्थानीय समयअनुसार ३…
दक्षिण कोरियामा तायाहाङ्मा राईको एकल साँझ सम्पन
दक्षिण कोरिया - चर्चित गायिका तायाहाङ्मा राईको एकल सांगीतिक साँझ २०१९ एवं विविध सांस्कृतिक कार्यक्रम दक्षिण कोरियाको तेश्रो ठूलो शहर देगुमा अवस्थित रेस्टुरेन्टमा सभ्य र भब्यताका साथ शनिबार साँझ सम्पन्न भएको छ ।
स्थानिय कलाकार मिन्हा लिको कोरियन गीतको सानदार नृत्य प्रस्तुति सङ्गै कार्यक्रम सुरुवात गरिएको थियो साथै गायक सुशील पुन , रुबिन रेग्मी , सबिन तामाङको निक्कै उत्साहजनक प्रस्तुतीले कार्यक्रमलाई थप उर्जा थपिएको थियो।
नेपाल देखि एकल साँझ लिएर आउनु भएकी गायिका तायाहाङ्मा राईले "तिमी मेरो सामु आउदा" , "लाम त माया" , "हरेक…
व्यक्तिगत खर्चबाट विद्यार्थीलाई पोसाक वितरण
बेलबारी, मोरङ । सुन्दरहरैँचा नगरपालिका नगरकार्यपालिका सदस्य एवम् समाजसेवी भक्तकिरण राईले सुन्दरहरँैचा–५ मा सञ्चालित श्रीलाल आधारभूत विद्यालयमा अध्ययनरत विद्यार्थीहरूलाई आफ्नै खर्चमा विद्यालय पोसाक वितरण गरेका छन् । ९५ जना विद्यार्थी रहेको उक्त विद्यालयमा राईले पोसाक वितरण गरेका हुन् । विद्यार्थीहरू नियमित रूपमा विद्यालय आऊन् र विद्यार्थी भर्ना सङ्ख्या बढ्न मद्दत पुगोस् भन्ने उद्देश्यले पोसाक वितरण गरिएको उनले बताए ।
साहित्य, कला तथा गीत–सङ्गीतमा गहिरो अभिरुचि राख्ने राईले नगरकार्यपालिकाको बैठक बसेबापत् आफूले पाउने भत्ता…