भुपाल राई, कुवेर राई र मेलिना राई सम्मानित

0 819

काठमाडौं – वरिष्ठ कवि तथा साहित्यकार भुपाल राईलाई यलम्बर सांस्कृतिक सम्मान प्रदान गरिएको छ । किराती नव सांस्कृतिक केन्द्रको आयोजनामा सम्पन कार्यक्रममा भुपाल राईलाई नगद २ लाख १० हजार रुपैयाँ र ताम्र पत्रले सम्मान गरिएको हो ।

बुधबार काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आयोजित सांस्कृतिक कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा नेकपाका अध्यक्ष पुष्पकमल दाहालबाट कवि राईलाई उक्त सम्मान प्रदान गरिएको हो ।

यसैगरी वरिष्ठ गायक कुवेर राईलाई किराती नवसांस्कृति सम्मान प्रदान गरिएको छ । गायक राईलाई नगद ३० हजार रुपैयाँ र ताम्र पत्र सहित सम्मान गरिएको हो ।

यसैगरी गायिका मेलिना राईलाई किराती नवसांस्कृतिक प्रतिभा सम्मान प्रदान गरिएकाे छ । गायिका राईलाई नगद २० हजार र ताम्र पत्रले सम्मान गरिएको हो ।

कार्यक्रममा शम्भु राई, सत्यकला राई, डक्टर किरात, रुप कुमार राई , सरला राई, कला राई, मेनुका राई, कनकाईस्ट राई, मिना राई लगायत अन्य कलाकारहरुको समेत प्रस्तुति रहेको थियो ।

Loading...