मलेसियामा नेपाली कलाकारहरु अध्यागमनको नियन्त्रणमा

0 759

सुनाखरी मगर / मलेसिया – मलेसियामा नेपाली कलाकारहरुलाई मलेसियाको अध्यागमनले नियन्त्रणमा लिएको छ । इदको अवसर पारेर एसएसओजी ग्रुपले आयोजना गरेको कार्यक्रममा सहभागी हुन मलेसिया पुगेका चर्चित गायिका सुनिता थेगिम, चर्चित गायिका श्रेया राई र सुजन आङदम्बेलाईमलेसियाको अध्यागमनले नियन्त्रणमा लिएको हो ।

नेपालबाट मलेसिया गएका कलाकारहरुको साथै मलेसियामै रहेर कलाकारिता गरिरहेका नेपाली कलाकार र आयोजकलाई पनि अध्यागमनले नियन्त्रणमा लिएको छ ।

मलेसियाको क्वालालम्पुस्थित कोताराया कम्पेल्क्समा भएको कार्यक्रममा अध्यागमनले स्थानीय समयअनुसार ३ बजे छापा मारेको थियो । नेपालबाट आएका कलाकारले आफ्नो प्रस्तुति दिन नपाउँदै अध्यागमनले छापा मारेपछि कार्यक्रम नै स्थगित भएको थियो ।

कार्यक्रम स्थलमै प्रहरीले छापा मारेपछि उपस्थित दर्शकहरु त्रसित बनेको थियो । पक्राउ परेका आयोजक र कलाकारहरुलाई पुत्राजाया अध्यागमनमा राखिएको छ । इश्लामहरुको ईद चलिरहेको कारण शोमबार भन्दा अगाडि छानबिन नहुने प्रारम्भिक अनुमान गरिएको छ | मलेसियामा साङ्गीतिक कार्यक्रम गर्न स्थानीय प्रशासनसँग अनुमति लिनुपर्ने व्यवस्था छ ।

Loading...