वेल डान्स सेन्टरको आन्तरिक प्रतिस्पर्धा सम्पन्न

0 820

काठमाडौ – चर्चित मोडल मेघना मगरले संचालन गर्दै आएको वेल डान्स सेन्टरले विद्यार्थीहरुको क्षमता बढाउन सिनियर र जुनियर टिमको डान्स प्रतिस्पर्धा सम्पन्न गरेको छ । दरवार मार्गस्थित एक होटेलमा गत शनिवार विद्यार्थीहरु बीच आन्तरिक प्रतिस्पर्धा गराएर सम्पन्न भएको हो । ललितपुरको सातदोबाटोमा विगत ५ बर्ष अगाडिदेखि निरन्तर संचालनमा रहेको वेल डान्स सेन्टरले विद्यार्थीहरुको क्षमता बढाउनको लागि हरेक बर्ष आन्तरीक प्रतिस्पर्धा गराउदै आएको छ ।

उत्कृष्ट डान्स सिकाएर निक्कै नै प्रतिभावान कलाकारहरु जन्माउदै आएको वेल डान्स सेन्टरले बर्षमा एक पटक थेउरि परिक्षा र एक पटक प्राक्टिकल परिक्षा लिदै आएको छ । यसरी आन्तरिक प्रतिस्पर्धा गराउदा, विद्यार्थीहरुको आत्मविश्वासको साथै उनीहरुको क्षमता पनि वृद्धि हुने वेल डान्स सेन्टरकी संचालिका मेघना मगर बताउछिन् ।

बाँकी फोटो फिचरमा

Loading...