याक्थुङ लेखक संघको उपत्याका भेला सम्पन्न

0 722

ललितपुर, ३२ जेठ । याक्थुङ लेखक संघको उपत्याका भेला सम्पन्न भएको छ । ललितपुरस्थित चुम्लुङहिममा आयोजित याक्थुङ (लिम्बू) लेखकहरूको भेलाले बिष्णु नेम्बाङको अध्यक्षतामा २१ सदस्यीय समिति गठन गरेको हो ।

समितिको उपाध्यक्ष सीता तुम्खेवा, सचिव कबिन्द्र सम्बाहाम्फे, सहसचिव याक्थुङ्बा सुनिल आङ्बो र कोषाध्यक्ष शनि लिम्बू चयन भएका छन् । सदस्यहरूमा उत्तम लिम्बू, पुजन जबेगु, संगीता सुहाङ, कुबेर आङ्बो, इक्सा चेम्जोङ, रञ्जुला तेयुङ रहेका छन् ।

कार्यक्रममा पूर्व प्रमुख जिल्ला अधिकारी तथा इतिहासकार भगिराज इङ्नामले लिम्बूहरूले मुलधारको कुरा गर्ने तर भित्रभित्रै खेमा हुने, होच्याउने, विभाजन हुने गाली गर्ने प्रचलनलाई हटाउने काम नयाँ सगठनले गर्ने विश्वास गरेको बताएका थिए ।

संघका महासचिव टंक सेलिङले याक्थुङ लेखक संघको उद्देश्य लिम्बुवानको मेकानिज्म रहेको र यसले चेतनालाई एकीकृत गर्ने काम गर्ने बताएका थिए । राम मादेनले नेपालमा ४५ जति साहित्यिक संगठन रहेको जसमा आदिवासीसँग सम्बन्धित निकै नै रहेको बताए थिए । यस लेखक संघले राम्रो काम गर्नेछ भन्ने अपेक्षा गरेको मादेनले बताएका थिए । यी कुराहरू पहिचानसम्मत रहेकोले लिम्बुवान मुक्तिबमे लागि कलम चनाउछु भन्नु सह्रानिय रहेको बताए ।

संघका उपाध्यक्ष अप्सरा लावतीले नेपाल मात्रै नभएर अन्तर्राष्ट्रिय स्तरसम्म याक्थुङ लेखक संघ गठन हुने विश्वास गरेकी थिइन् । यस बौद्धिक समुहको संस्थापक हुन पाउनु समयको महत्व बुझ्नु हो, लावतीको कथन थियो ।
किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापोले लिम्बुवानको कुरालाई याक्थुङ संघले व्यापक रूपमा लिनुपर्ने बताइन् । संघले संघीयता र पहिचानको कुरा संगसगै लैजानुपर्ने बताएकी थिइन् ।

उपत्यका अध्यक्ष भएपछि आफ्नो प्रतिवद्धता पेश गर्दै बिष्णु नेम्बाङले संघले खेल्ने भूमिकामा कटिबद्ध रहने बताए । लिम्बू संस्कृतिमा भएको विवादलाई निरूपण गर्न बहसको आवश्यकता भएको हुँदा उपत्यकाको हकमा प्रतिबद्धताका साथ अघि बढ्ने पनि बताएका थिए ।

साहित्कार धर्मेन्द्र नेम्बाङले यस संस्था एउटा जीवन भएको त्यसलाई सामना गर्न सक्ने समिति आएको ठहर गरेका थिए । प्रत्येक कविहरू एउटा संस्था हुने भएकोमा अब यस्ता संस्थाले निर्मुल पार्ने पनि उनको विश्वास थियो ।

कार्यक्रमका प्रमुख अतिथि हाङ्युग अज्ञातले संगठन शक्ति रहेको बताउँदै शक्तिको सन्तुलन र ब्याब्स्थापन गर्न सक्नुपर्ने र यालेसबाट के गर्न खोजिएको हो प्रष्ट हुनुपर्नेमा जोड दिएका थिए । यालेस फरक आस्था र विचारलाई समेट्ने इन्द्रेणी जस्तो हुनुपर्ने बताएका थिए ।

सबैको आस्थालाई सम्मान गर्दै अहिले हामी कला र संस्कृतिको विषयमा खुलेर बोल्न नसकेको ? हाम्रा मिथकहरू भिख मागेर बसेको छ, त्यसलाई ‘कोडिङ’ गरेर लेख्ने कि नलेख्ने ? भन्ने प्रश्न गर्दै यस संगठनको जन्मले खुशी बनाएको र खुशीलाई ठोस परिणाम दिन लाग्न आग्रह अज्ञातले गरेका थिए ।

कार्यक्रमका सभाध्यक्ष हर्क योङ्हाङले आदिवासी लिम्बू जातिमा दर्शन र मुन्धुमको पाटोबाट हेर्ने हो भने अधिकार महिला चेलीमा भएको तर अहिले संगठनमा महिलाहरू त्यति नआउनुले पुरुष साँढे बन्दै गएकोतर्फ इङ्गित गरेका थिए ।

Loading...