मेलिना राई र समीर लिम्बुको स्वरमा “आँखा अघि राखे तिमीलाई” म्युजिक भिडियो सार्वजनिक
काठमाडौ – मेलिना राई र समीर लिम्बुको स्वरमा “आँखा अघि राखे तिमीलाई” बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गायक समीर लिम्बूको जन्म दिनको अवसर पारेर म्युजिक भिडियो रिलीज गरिएको हो। गीतमा सदोक मल्लको शब्द रचनामा कमल रसाईलीले संगीत भरेका छन भने आमोस तामाङले संगीत संयोजन गरेका हुन।
कोरियाको विभिन्न रमणिय ठाउँहरूमा खिचिएको उक्त भिडियोमा म्युजिक भिडियोमा दिनेश नाछिरीङ राई र एलिना थापा मगरले अभिनय गरेका छन् । म्युजिक भिडियोलाई कोरियामा रहेर निर्देशन गर्दै आएका चर्चित निर्देशक हाङ चेम्जोङले निर्देशन गरेका हुन। पेंजी योङ्गले छायांकन गरेको म्युजिक भिडियोलाई विकास ज्ञवालीले सम्पादन गरेका हुन।
प्रवासमा रहेर नेपाली गीत संगीत र कला क्षेत्रमा योगदान दिंदै आएका मोडल तथा गायक दिनेश नाछिरीङ राईले यस अघि थुप्रै म्युजिक भिडियोहरुमा अभिनय गरि सकेका छन् । एलिना थापा मगरले पनि थुप्रै म्युजिक भिडियोमा अभिनय गरिसकेकी छन् । कोरियामा रहेर झण्डै दर्जनको हाराहारीमा म्युजिक भिडियो गरिसकेकी एलिना यस पल्ट अझ बढी उत्साहित रहेको बताउछिन् ।
पुरै युनिटले यो म्युजिक भिडियोमा भरपुर मेहनत गरेकोले यो म्युजिक भिडियो निक्कै उत्कृष्ट बनेको निर्देशन हाङ चेम्जोङ बताउछन् ।
भिडियो लिङ्क