दक्षिण कोरियामा तायाहाङ्मा राईको एकल साँझ सम्पन
दक्षिण कोरिया – चर्चित गायिका तायाहाङ्मा राईको एकल सांगीतिक साँझ २०१९ एवं विविध सांस्कृतिक कार्यक्रम दक्षिण कोरियाको तेश्रो ठूलो शहर देगुमा अवस्थित रेस्टुरेन्टमा सभ्य र भब्यताका साथ शनिबार साँझ सम्पन्न भएको छ ।
स्थानिय कलाकार मिन्हा लिको कोरियन गीतको सानदार नृत्य प्रस्तुति सङ्गै कार्यक्रम सुरुवात गरिएको थियो साथै गायक सुशील पुन , रुबिन रेग्मी , सबिन तामाङको निक्कै उत्साहजनक प्रस्तुतीले कार्यक्रमलाई थप उर्जा थपिएको थियो।
नेपाल देखि एकल साँझ लिएर आउनु भएकी गायिका तायाहाङ्मा राईले “तिमी मेरो सामु आउदा” , “लाम त माया” , “हरेक दिन ,कुरि रहे” , “मायाको गहिराई” , “डम्फु र सेलोको तालैमा” , “मेरो खुशी जीवनको” जस्ता दर्जनौं गीत गाएर दर्शकहरुलैई निक्कै भरपुर मनोरञ्जन दिएकी थिईन।
कार्यक्रमको सुरुवात र अन्त्य समाजसेवि , गीतकार तथा संगीतकार चन्द्र लामा अनुरागले गरेका थिए भने कार्यक्रम सन्चालन गायक रुबिन रेग्मीले गरेका थिए । आयोजकको तर्फ बाट चिरञ्जीवी पाण्डेको केही मन्तव्य सहित कार्यक्रमलाई समापन गरिएको थियो। यस कार्यक्रमलाई तारा रेस्टुरेन्ट , विश्व नेपाली साहित्य महासंघ दक्षिण कोरिया शाखा ,हाम्रो नेपाली घर( सेल्टर)तथा परामर्श केन्द्र देगुले संयुक्त रुपमा आयोजना गरेका हुन।
आयोजकको तर्फ बाट गायक रुबिन रेग्मी ,गायक सुशील पुन ,गायक जीवन पुन ,डान्सर मिन्हा लि ,कार्यक्रम सफल बनाउन महत्त्वपूर्ण भुमिका निर्वाह गर्नु हुने बिक्रम शर्मालाई सम्मान स्वरुप प्रमाणपत्र प्रदान गरिएको थियो भने कार्यक्रममा विशेष भूमिका निर्वाह गर्नु हुने चिरञ्जीवी पाण्डे ज्युलाई धन्यवाद ज्ञापन पत्रले सम्मान पनि गरिएको थियो । यसै गरि आयोजकको तर्फबाट गायिका तथा संगीतकार तायाहाङ्मा राईलाई तारा रेस्टुरेन्टको तर्फबाट निक्कै नै शानदार मायाको चिनो प्रदान गरिएको थियो । विश्व नेपाली साहित्य महासंघ दक्षिण कोरिया शाखा र हाम्रो नेपाली घर (सेल्टर)तथा परामर्श सेवा केन्द्रको तर्फबाट आकर्षक सम्मान पत्र प्रदान गरिएको थियो ।


