कृष्टि लिसराको निर्देशनमा “मुटु मेरो” बोलको म्युजिक भिडियो सार्वजनिक, लिसरा निर्देशनमा अब्बल बन्दै
काठमाडौं -निर्देशक कृष्टि लिसरा राईको निर्देशनमा अर्को म्युजिक भिडियो सार्वजानिक भएको छ । पछिल्लो समयमा कृष्टि लिसरा निर्देशन क्षेत्रमा अब्बल बन्दै आईरहेकी छन् ।
पूर्णिमा लामाको स्वरमा रहेको गीतलाई गीतलाई पूर्ण कुलुङ राईले लेखेको हुन् भने विनोद विनिजारा राईले संगीत भरेका हुन् ।भिडियोमा अनु शाह, शर्मिला खालिङ राई, शुभम चाम्लिङ राई र बालकलाकार खुशी कुलुङ राईले अभिनय गरेका छन् ।
विनो विनिजारा राईकै छायांकन र सम्पादन रहेको भिडियोमा अन्जना लामिछिानेको श्रृङ्गार, शर्मिला खालिङ राईको निर्माण तथा निर्माण संस्था खिचडी नेपालले गरेको हो ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला