जताततै चर्चा सबिना सबु र रत्न मगरको “माफी मुस्किला”

0 2,975

काठमाडौ – सामाजिक संजालमा चर्चित बनेकी गायिका सबिना सबु र गायक तथा गीतकार रत्न मगरको स्वरमा “माफी मुस्किला” सार्वजनिक भएको छोटो समयमै दर्शक स्रोताको मन मुटुमा बस्न सफल बनेको छ । निक्कै मिठो स्वरको धनि गायिका सबिना सबु सामाजिक संजाल युट्युबमा निक्कै चर्चित नाम हो । उनको यो भन्दा अगाडी पनि पनि केहि गीतहरु सार्वजनिक भै सकेका छन् ।गायक तथा गीतकार रत्न मगर बैदेशिक रोजगारीको शिलशिलामा साउदीमा रहेर पनि नेपाली गीत-संगीतलाई माया गर्ने सर्जक हुन् । उनको पनि केहि गीतहरु बजारमा आईसकेका छन् ।

अरबी भाषा र नेपाली भाषालाई मिक्स गरेर तयार पारिएको यो गीतमा शब्द संगीत र स्वर रत्न मगरको रहेको छ भने फिमेल भ्वईसमा सबिना सबुको रहेको छ । यो गीतलाई एरेन्ज भने ईन्द्र जिसीले गरेका हुन् ।

मनिष श्रेष्ठ र करिश्माले अभिनय गरेको यो गीतको म्युजिक भिडियोलाई सागर गौतमको छायांकन , अमर म्याक्सको नृत्य निर्देशन रहेको छ भने हम गैरेले भिडियो सम्पादन र निर्देशन गरेका हुन् ।

गीतको म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...