सुनिता थेगिमको नयाँ गीत “सम्झेको बेलामा”
काठमाडौ – चर्चित गायिका सुनिता थेगिमको स्वरमा नयाँ गीत “सम्झेको बेलामा” सार्वजनिक भएको छ । सुनिता थेगिम पछिल्लो समयकी चर्चित गायिका हुन् । उनले चलचित्र, आधुनिक, लोक विधाका सयौ गीतहरुमा आफ्ना स्वर भरिसकेकी छन् । सुनिता थेगिम र गायक कृष्णभक्त राईको युगल स्वर रहेको ” भेटैमा भयो सोल्टिनी ज्यु, के छ नि समाचार” सामाजिक संजाल युट्युबमा सर्वाधिक लोकप्रिय गीत रहेको छ ।
भर्खरै सार्वजनिक गीत “सम्झेको बेलामा” को शब्द रचना सुजन आङ्गदेम्बेले गरेका हुन् भने संगीत पनि सुजनकै रहेको छ । ईसाक जबेगुले तयार पारेको म्युजिक भिडियोमा गायिका स्वयम् सुनिता थेगिमले फिचरिङ्ग गरेकी छन् ।
म्युजिक भिडियो यहाँ हेर्नुहोला