नारद आचार्यको शब्द रचनामा सुनिल राईको संगीत र प्रताप दासको स्वर रहेको बिचोडिएको मन सार्वजनिक

0 792

काठमाडौ – गजलकार नारद आचार्यको बिछोडिएको मन गजल संग्रहमा समावेश बिछोडिएको मन शीर्षक गजल गीतमार्फत युट्युबमा सार्वजनिक भएको छ ।

संगीतकार सुनिल राईको संगीत तथा प्रताप दासको स्वर रहेको गीतमा विनोद भुजेलले एरेन्ज गरेका छन् । भिडियोमा नव मोडल सिता धमला, निलम सनम, शुरवीर पण्डित साथै बालकलाकार आयुष जोशीले अभिनय गरेका छन् । भिडियाे मुकेश हुमागाईको छायांकन गरेका हुन् भने प्रदीप दहालले सम्पादन गरेका छन् ।

गीतले जीवनका अनेक मोडमा आउने उदासिनता, एकलोपन देशभक्ति तथा बियोगात्मकको कथालाई चित्रण गरेको छ । कलिलाे उमेरमा परिवार, समाज, साथीभाइलाई छाेड्नु परेकाे बाध्यतालाई पनि समेटेकाे छ ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...