“धरान माथि भेडेटार” बोलको पूर्वेली लोक भाकाको गीत सार्वजनिक

0 838

काठमाडौ – “धरान माथि भेडेटार” बोलको पूर्वेली लोक भाकाको गीत सार्वजनिक भएको छ । डम्वरध्वज लिम्बु र अमृता लिम्बुको स्वरमा रहेको उक्त गीत सार्वजनिक भएको हो ।

गीतकार जानु काम्वाङ्ग लिम्बुको शब्द रचनामा रहेको गीतलाई संगीतकार सुमन राईले गीतको शब्दहरुमा संगीत भरेका छन् । गीतकार जानु काम्वाङ्ग गीति लेखनमा सक्रिय गीतकार हुन् भने संगीतकार सुमन राई पछिल्लो समयमा निक्कै व्यास्त संगीतकार हुन् । राजु कार्कीले एरेन्ज,गोविन्द सोनीले मिक्सिङ्ग र मास्टरिङ्ग गरेका छन् भने सुवास कुथुमिले रेकर्ड गरेका हुन् ।

मन्दिप रानाको कोरियो ग्राफ रहेको यो गीतको म्युजिक भिडियोमा अनिश मगर र अनिशा वलीले अभिनय गरेका छन् । अर्जुन सापकोटा र मोहन कुमारले छायांकन गरेको म्युजिक भिडियोलाई अनिल कुमार महर्जनले सम्पादन र निर्देशन गरेका हुन् । गीतको म्युजिक भिडियोका कलाकारहरुलाई मेकअप भने जीवन पासाले गरेका हुन् ।

म्युजिक भिडियो यहाँ हेर्नुहोला

Loading...